भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने सहमति भएकाे छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा, शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल, रजिष्ट्रार प्रा.डा. पेशन दाहाल लगायत आन्दोलनरत विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूबीच बसेको छलफलले शुल्क नबढाउने निष्कर्ष निकालेकाे हाे ।
शुल्क फिर्ता लिने निर्णयपछि अनशनरत विद्यार्थीहरूले अनशन तोडेका छन् । उनीहरूलाई जुस पिलाएर अनशन तोडाइएको हाे । शुल्क वृद्धि खारेजको माग राख्दै पुल्चोक क्याम्पसका सुलभ चापागाईं भदौ ५ देखि अनशनरत थिए ।
त्यस्तै आजको छलफलमा विद्यार्थी प्रतिनिधि सहित गठन हुने समितिबाट सात दिनभित्र प्रतिवेदन पेश गर्ने र प्राप्त राय सुझावको आधारमा कायम गरिने शुल्कलाई लागू गर्ने पनि निर्णय भएको छ ।
संस्थानले यसै शैक्षिक सत्रदेखि लागू हुने गरी बढाएकाे शुल्क खारेजीको माग राख्दै पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस, पश्चिमाञ्चल क्याम्पस आदिमा विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका थिए ।
२०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी
जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा
पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र
काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच
काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी
काठमाडौँ, ९ वैशाख : अर्थविद्हरुरूले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुगेकाले सरकार र सम्बधित पक्षलाई गम्भीर