कहिलेसम्म पर्छ भदौरे झरी ?

काठमाडौं, भदौ ६ गते । काठमाडौं उपत्यकासहित देशैभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बुधबार बिहानैदेखि देशभर वर्षा भइरहेको जल तथा मौसमविज्ञान विभागले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशैभर वर्षा भएको हो । यो क्रम अझै तीन दिनसम्म चल्ने मौसमविद्को भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार न्यूनचापीय प्रणाली उत्तरतर्फ सरेकाले आगामी तीन दिन नै हल्कादेखि मध्ययम वर्षा हुनेछ ।

उहाँले भन्नुभयो, “मनसुनी रेखा सरदरभन्दा उत्तरतर्फ सरेकाले बिहानदेखि देशैभर वर्षा भइरहेको । यो क्रम आगामी तीन दिनसम्म नै रहने देखिन्छ ।”

केहीबेर पानी पर्न रोकिएपनि पछि पुनः पानी पर्ने सम्भावना रहेको उहाँ बताउनुहुन्छ ।

वर्षा जारी रहँँदा आकस्मिक बाढी आउन सक्ने भएकाले नदी, खोला छेउछाउ बस्ने मानिसले आवश्यक सतर्कता अपनाउन मौसमविद् अधिकारीको आग्रह छ ।

राति भने सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति