डेंगु सङ्क्रमितको सङ्ख्या सात हजार बढी नाग्यो

काठमाडौं, साउन १९ गते । डेंगु सङ्क्रमणबाट सात जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार डेंगु सङ्क्रमणबाट सात जनको मृत्यु भएको हो ।

पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । डा.मरासिनीका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७१ जिल्लाका सात हजार २५३ जनामा डेंगु पुष्टि भएको छ ।

डा.मरासिनीका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । सो प्रदेशमा पाँच हजार १०१ जनामा डेंगु पुष्टि भएको छ ।

यसैगरी, बागमती प्रदेशमा एक हजार १७१, गण्डकी प्रदेशमा ३८९, सुदूरपश्चिम प्रदेशमा ३४२, लुम्बिनी प्रदेशमा १९१, कर्णाली प्रदेशमा २७ र मधेश प्रदेशमा ३२ जनामा डेंगु पुष्टि भएको छ । सङ्क्रमितमध्ये ८८ प्रतिशत डेंगु सङ्क्रमित १० जिल्लाबाट छन् । १० जिल्लामा मात्रै छ हजार ३९८ जनामा डेंगु पुष्टि भएको छ ।

सुनसरी जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित पुष्टि भएका छन् । सुनसरीमा चार हजार ६७९, धादिङमा ८२९, कास्कीमा २१४, दार्चुला १९१, काठमाडौंमा ११९,झापामा ८१, सङ्खुवासभामा ७५, धनकुटामा ७४, मोरङमा ७२, कञ्चनपुरमा ६४ जनामा डेंगु पुष्टि भएको छ ।

चिकित्सकका अनुसार डेंगुको ज्वरो डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डा.मरासिनीका अनुसार ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन् । डेंगुको लक्षण देखिए तत्काल स्वास्थ्यकर्मीसँग सल्लाह गरी उपचार गराउनुपर्छ ।

चिकित्सकका अनुसार डेंगु सङ्क्रमणबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हाे । एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्ने हुँदा बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो सयमा थप सचेत रहन चिकित्सकको सुझाव छ ।

लामखुट्टेको टोकाइबाट बच्चने उपाय जस्तै झुल टाँगेर सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउने, घरको झ्याल ढोकामा जाली हाल्ने, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलम लगाउने जस्ता उपाय अपनाउन डा. मरासिनीको सुझाव छ ।

लामखुट्टेको वृद्धि रोक्न घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्ने, घर वरिपरि गमला, टायर वा कुनै पनि खुल्ला भाँडामा पानी जम्न नदिने लामखुट्टेको टोकाइबाट बच्ने उत्तम उपाय हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमण फैलिन नदिन हरेक शुक्रबार बिहान १०ः३० बजे सबै कर्मचारी सहभागी भई सरकारी तथा सार्वजनिक कार्यालय हलभित्र र वरपर सरसफाइ अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह गरेका राइडरको मृत्यु, श्रम अधिकार र ट्राफिक व्यवस्थापनबारे गम्भीर प्रश्न, निष्पक्ष छानबिनको माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका राइड सेयरिङ चालक गणेश

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

संवैधानिक परिषद्को बैठक शुक्रबार साँझ बस्ने, रिक्त पदमा नियुक्ति सिफारिसको तयारी

काठमाडौँ, असार १९ । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिका लागि

वीरेन्द्रनगरको ‘शैक्षिक सुधार वर्ष’ घोषणा, एआईदेखि २ करोड छात्रवृत्ति कोषसम्मका महत्वाकांक्षी योजना

सुर्खेत,१६ असार । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ लाई ‘शैक्षिक सुधार