२४ असार, सुर्खेत नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कर्णाली प्रदेश कमिटीले असार भित्रै “न्यूनतम पारिश्रमिक बृद्धि गर, “जीवनोपयोगी पारिश्रमिक निर्धारण गर” भन्ने नारा सहित श्रम तथा रोजगार कार्यालय कर्णाली प्रदेशका कार्यालय प्रमुख श्री शम्शेर राना मगर मार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई आइतबार ज्ञापन पत्र बुझाएको छ ।
जिफन्टले सरकार, रोजगारदाता र ट्रेड युनियन संलग्न न्यूनतम पारिश्रमिक निर्धारण समिति मार्फत सहज रुपमा असारभित्रै पारिश्रमिक बृद्धि गर्नुपर्ने हो, तर वार्ता नै भंग गरी सरकार र रोजगारदाता पछाडि हटेकोले तत्काल श्रमिकलाई जीउन पुग्ने मर्यादित ज्याला बृद्धि गर्न माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।
हरेक दुई वर्षमा पारिश्रमिक निर्धाण गरिनु पर्नेमा विगत दुई वर्षमा भएको मूल्यबृद्धिलाई आधार मानेर न्यूनतम पारिश्रमिक कायम गरिदै आएको जनाउँदै श्रमिकले धान्नै नसक्ने गरी खाद्यवस्तु, शैक्षिक क्षेत्र, घर भाडा, यातायात भाडा र स्वास्थ्य सेवा लगायतमा मूल्य बृद्धि भएको छ । सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नसकेको कारण मंहगो स्वास्थ्य सेवामा पहुँच पुग्न नसकी उपचार खर्चको अभावमा श्रमिकहरू अकाल मृत्यु स्वीकार गर्न वा रोग पालेर बस्न बाध्य हुनु परेको विज्ञप्तीमा उल्लेख छ । ज्ञापन पत्र बुझाउँदै जिफन्ट प्रदेश अध्यक्ष तेजप्रकाश जिसीले असल श्रम सम्बन्धको अभ्यासलाई कोहीकसैले धमिल्याउन नपाउने र संविधानप्रदतः अधिकार पनि कसैले खोसेर खोस्न नपाउने बताउँदै यथाशीघ्र जीवन धान्न पुग्ने तलब घोषणा गर्न यो दवावमूलक कार्यक्रम स्वरुप ज्ञापन पत्र बुझाएको जनाउनु भयो ।
ज्ञापन पत्र बुझ्दै श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख शम्शेर राना मगरले जिफन्टले उठाएको माग समय सान्दर्भिक भएको र यसका लागि कार्यालयले सहकार्य, समन्वय गरी श्रमिकहरुको मर्यादित जीवनका लागि कानुनतः कार्यान्वयनमा जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । दवावमूल कार्यक्रममा जिफन्टमा आवद्ध औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुको उपस्थिति रहेको थियो ।
हाम्रो परिश्रम, हाम्रो योगदानलाई राज्यले कदर गर्नुपर्ने श्रमिकहरुले सो अवसरमा माग गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) अन्र्तगतका सवै प्रदेश कमिटी र केन्द्रिय घटक संघहरुले आज देशैभरका श्रम कार्यलय र श्रम विभागहरु मार्फत सरकारलाई तलबबृद्धिको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा
माघ १९,काठमाडौँ । देशभर ७ लाख ७० हजार बालबालिका गरिबी, न्यून आयस्तर, विकट भूगोल र
माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम” पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण