एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ । बायोमास ओभल क्रिकेट मैदानमा मङ्गलबार घरेलु टोली मलेसियालाई दुई सय २१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपालको यो लगातार तेस्रो उपाधि हो ।

जितका लागि दुई सय ५३ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया १४.५ ओभरमा सबै विकेट गुमाएर ३१ रनमै समेटियो । मलेसियाका लागि मोहम्मद अक्रमले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहाेरो अङ्कको रन बनाउन सकेनन् ।

बलिङमा नेपालका लागि कप्तान अभिषेक तिवारीले पाँच विकेट लिनुभयो । उहाँले ६ ओभरमा एक मेडन राख्दै सात रन दिएर पाँच विकेट लिनुभएको हो । सन्तोष यादवले तीन तथा सागर गैरेले एक विकेट झार्नुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ५२ रन बनाएको थियो । नेपालका लागि नरेन भट्टले अविजित एक सय १२ रन बनाउनुभयो । उहाँले ८९ बलमा १० चौका र दुई छक्काको सहयोगमा शतकीय इनिङ्स खेल्नुभएको हो ।

निरज यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८ र अशोक धामीले १२ रन जोड्नुभयो । बलिङमा मलेसियाका मुहम्मद अक्रमले तीन तथा अरेन अकील र मुहम्मद फदुलले एक एक विकेट लिनुभयो ।

सेमिफाइनलमा नेपालले सिङ्गापुर र मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए । नेपालले समूह चरणको खेलमा पनि मलेसियालाई ८४ रनले हराएको थियो । नेपाल समूह चरणदेखि अपराजित बन्दै च्याम्पियन बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’