वीर अस्पतालमा ७५० जनरल बेड निःशुल्क

काठमाडौं । अबदेखि वीर अस्पतालले ७५० वटा जनरल बेडलाई निःशुल्क गराएको छ। शुक्रबार बसेको कार्यकारी परिषदको बैठकले ७५० जनरल बेड निःशुल्क गर्ने निर्णय गरेको हो।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का सहकुलपतीसमेत रहेका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले पनि बेड निःशुल्क गर्न निर्देशन दिएका थिए।
यसअघि प्रतिदिन दुई सय रुपैयाँ तिर्दै आएका बिरामीले अब ७५० वटा जनरल बेडमा कुनै शुल्क तिर्न नपर्ने न्याम्सका नवनियुक्त उपकुलपति डा. भुपेन्द्र बस्नेतले जानकारी दिए। उनका अनुसार वीरको कुल बेड संख्या ९६० हो।
क्याबिनमा सिंगल डबल, ट्रिपल बेड हेरि दैनिक २ हजारदेखि ३ हजार शुल्क तिर्नपर्नेछ भने आइसियको प्रतिदिन ३ हजार शुल्क लाग्नेछ ।
जनरल बेड निःशुल्क गर्दा अस्पताललाई वार्षिक झण्डै वार्षिक ७ करोड आर्थिक भार पर्ने र यो भार क्याबिन, आइसियुको शुल्क, अपरेशको संख्या बढाएर व्यवस्थापन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति

सुरक्षा चुनौती सामना गर्दै नागरिक सुरक्षाको जिम्मेवारी पूरा गर्नुको विकल्प छैन : प्रहरी महानिरीक्षक खापुङ

काठमाडौँ, असोज ३१ गते। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले हालको चुनौतीपूर्ण परिस्थितिमा पनि

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,