पर्वतारोहण संघ बन्यो ‘मानव तस्करीको अखडा’ : अध्यक्षकै संलग्नतामा ३ पदाधिकारी क्यानडामै लुकेको खुलाशा

काठमाडौं । नेपालको हिमाली पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले विक्रम सम्बत २०३० को दशकमा स्थापना भएको नेपाल पर्वतारोहण संघ (एनएमए) पछिल्लो समय ‘मानव तस्करीको माध्यम’ बनेको छ ।

एनएमएका विभिन्न कार्यक्रमका नाममा विदेश गएकाहरु फर्कनुको सट्टा उत्तै लुक्ने गरेका छन् । यसरी विदेश जानेहरुलाई एनएमएकै उच्च अधिकारीहरुले सिफारिस गर्ने गरेको तथ्य भेटिएको छ । त्यतिमात्रै होइन एनएमएका पदाधिकारी समेत कार्यक्रमको बहानामा विभिन्न मुलुकमा जाने र उतै बेपत्ता हुने गरेका छन् । तर, यसरी पदाधिकारी नै विदेशमा लुक्दा समेत एनएमएका पदाधिकारीहरु मौन रहेका छन् ।

संघको सदस्यमा निर्वाचित रामचन्द्र धमला माउन्टेन गाइड ट्रेक्स एण्ड एक्सपीडिसनका मालिक हुन् । तर, उनको मोबाइल स्विच्ड अफ भएको धेरै महिना भयो । उनी संघकै सिफारिसमा क्यानडा गएको उनी निकटस्थहरु बताउँछन् । कम्पनिको वेभसाइटमा उल्लेखित नम्बरमा सम्पर्क गर्दा फोन उठाउने व्यक्ति आफू प्रदीप भएको बताए । उनै प्रदीपले रामचन्द्र विदेश गएको बताए । आफूले कोरोना अघि नै अफिस छाडेको बताए । तर, वेभसाइटमा भने उनकै नम्बर उल्लेख गरिएको छ । संघकै सिफारिसमा क्यानडा भासिएका उनलाई फिर्ता ल्याउन संघले कुनै कोशिस नगरेको अर्का एक अधिकारी बताउँछन् ।

‘अध्यक्ष र महासचिवकै सिफारिसमा उनी क्यानडा गएका हुन् । क्यानडा पुगेपछि उतै काम गर्ने र लुक्ने योजना रहेछ । यस्तो काममा संघको दुरुपयोग भइरहेको छ । यसमा कसैले कुनै कारबाही गरेका छैनन्,’ एक अधिकारीले दियोपोस्टसँग भने ।

संघकै अर्का सदस्य लाल बहादुर वाइवा पनि यतिबेला क्यानडा नै लुकेका छन् । केन्द्रीय पदाधिकारी रहेका उनी पनि धमलासँगै क्यानडा गएका हुन् । संघको पदाधिकारीको पद दुरुपयोग गर्दै क्यानडा हानिएका वाइबाले राजिनामा दिएका छैनन् । धमलाले पनि राजिनामा दिएका छैनन् । संघले दुवैलाई पत्राचारगरि राजीनामा दिन निर्देशन दिएको छ । तर, हालसम्म उनीहरु संघको सम्पर्कमा समेत नरहेको स्रोत बताउँछ ।

त्यस्तै संघकै अर्का सदस्य डोमा शेर्पा पनि कार्यक्रमको नाममा क्यानडा नै लुकेकी छिन् । क्यानडाको बाँफमा गत २९ अक्टोबरमा भएको इन्टरनेसनल क्लाइम्बिङ एन्ड माउन्टेनेरिङ फेडेरेसन (युआइएए) को साधारणसभामा सहभागी हुन गएकी नेपाल पर्वतारोहण संघकी सञ्चालक समिति सदस्य शेर्पा उत्तै भागेकी छिन् । उनलाई भगाउने कार्यमा संघका अध्यक्ष निमानुरु शेर्पा नै संलग्न रहेको स्रोतको दाबी छ । अल्पाइन क्लब अफ क्यानडाले गरेको सभामा सहभागी हुन संघका अध्यक्ष शेर्पाको टोलीसँगै उनी गत २८ अक्टोबरमा नेपालबाट क्यानडा उडेकी थिइन् ।

सभा सकिएलगत्तै टोलीमा सहभागी सबै नेपाल फर्केपनि शेर्पा अझै उतै छिन् । टोलीमा संघका महासचिव मोहन लम्साल, पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेल सहभागी थिए । सरकारी टोली समेत संलग्न भएर डोमालाई क्यानडा लुकाएको आरोप छ । जबकी यस्तै मुद्दामा सरकारले कयौँलाई मुद्दा लगाएर कारबाही गरिरहेको छ । तर, संघका पदाधिकारीमाथि हालसम्म कुनै कारबाही त के छानबीन समेत भएको छैन । संघका अध्यक्ष निमा नुरु शेर्पालाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनको मोबाइल अफ छ ।

महासचिव भन्छन्,‘निवेदन आएको छ, ६ महिना कारबाहीका लागि कुर्नै पर्ने भयो’

संघका महासचिव मोहन लम्सालले विदेशमा रहेका तीनै जनाले संघमा ईमेल मार्फत निवेदन दिएको बताए । उनका अनुसार अघिल्लो पटक कार्यक्रममै सहभागी भएर उतै लुक्न सफल भएकी डोमा शेर्पाले जुम मार्फत बैठकमा भाग लिने र आफू केही समयमा नेपाल फर्कने जानकारी गराएकी छिन् । उनको लिखित निवेदन चित्त नबुझेका कारण थप पत्राचार गर्ने तयारीमा रहेको लम्सालले जानकारी दिए । त्यस्तै धमला र वाइबाले भने अध्ययनका लागि क्यानडामा केही समय बसेको र फर्कने निवेदन संघलाई दिएका छन् । तर, उनीहरु कोही पनि विद्यार्थी भिषामा क्यानडा गएका भने होइनन् । क्यानडाको कार्यक्रमकै आवरणमा उनीहरु लुकेका हुन् ।

coppied from diyopost.com

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

अर्थमन्त्री वाग्लेको दिल्ली अभिव्यक्तिले नेपालमा बढायो कूटनीतिक विवाद

कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

बैंक खातामा राष्ट्रिय परिचयपत्रको ‘बाध्यकारी’ नियम बदर: सर्वोच्चको ऐतिहासिक फैसला र यसका दूरगामी प्रभाव

२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण