एमाले अध्यक्ष ओली र रेशम चौधरीबीच भेटघाट

४ असार, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार विहान बालकोटमा उनीहरूबीच छलफल भएको हो।
उनीहरूबीच समसमायिक राजनीतिका विषयमा छलफल भएको थियो। एमाले अध्यक्ष ओलीले टीकापुर घटनामा अन्याय भएको रेशमलाई सुनाएका थिए। ओलीले आफू जेल बसेका कुरा पनि रेशमसँग स्मरण गरेका थिए। उनले न्यायका लागि लड्दा आफू कसरी जेल परेको र जेलमा के–कस्ता यातना दिएको कुरा स्मरण गरेको रेशमले बताए। उहाँको जेल जीवन पनि एकदमै कस्टकर थियो। उहाँले कसरी जेल पुर्‍याएको, कसरी गोलघरमा राखेको, जाडो, गर्मी कसरी कटाएको बारे बताउनुभयो उनले भने।
रेशम चौधरी जेलमा रहँदा एमाले अध्यक्ष ओलीले ज्याकेट र जुत्ता पठाइदिएका थिए। उनले जाडोको बेला पठाइदिएको गिफ्टप्रति ओलीलाई भेटेरै समेत धन्यवाद दिए।
गणतन्त्र दिवसमा आममाफी पाएर रिहाइ भएका चौधरी पछिल्लो समय राजनीतिक भेटघाट र देश दौडाहामा व्यस्त छन्। उनले आजै धरानका मेयर हर्क साङपाङलाई भेट्ने कार्यक्रम छ।
यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग राजनीतिक भेटघाट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट