प्रचण्डले कालापानीबारे दिएको अभिव्यक्तिप्रति माफी माग्नुपर्छ :पदम गिरी

जेष्ठ २१, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ। भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री प्रचण्डले बंगलादेशको फूलबारी बन्दरगाहासम्मको रुट उपलब्ध गराएर नेपालले कालापानी र लिपुलेक भारतसँग साटफेर गर्न सकिने अभिव्यक्ति दिएको भन्दै यसको जवाफ संसद्‍मा प्रधानमन्त्रीले दिनुपर्ने एमालेले माग गरेको छ।

बैठक सुरू हुनेवित्तिकै एमाले सांसद पदम गिरीले सो विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरे। उनले भने,’फूलबारी गन्दरगाहाको रुट प्राप्तका निम्ति नेपालको पश्चिम कालापानी,लिम्पियाधुरा लिपुलेक क्षेत्र पनि हामीले दिन तयार रहेको भन्ने कुराले नेपालको शीर निहुरिएको छ। हामीलाई अपमान बोध भएको छ। राष्ट्रियताप्रति एउटा गम्भीर प्रश्न उब्जाउने कुरा भएको छ। यस्ता कुरा प्रधानमन्त्रीबाट आउनु भनेको निकै दु:खद कुरा हो,सभामुख महोदय। उहाँले त्रुटि च्याउनुपर्छ। सदनका अगाडि माफी माग्नुपर्छ।’

प्रधानमन्त्री  प्रचण्डले भारत भ्रमणका क्रममा पत्रकारसँग कुराकानी गर्दै बंगलादेशसँग सीमा पहुँच पुर्‍याउन लागि कालापानीको भू-भाग साटफेर गर्न सकिने विकल्पका बारेमा पनि भारतीय पक्षसँग छलफल भएको जानकारी दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर एमालेले आपत्ति जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले