सिम्रौनगढका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध अख्तियारद्धार भ्रष्टाचार मुद्दा दायर

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक ग्राभेलको योजनामा भ्रष्टाचार गरेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जैसवालसहितका कर्मचारीपविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सिम्रौनगढ नगरपालिका–९, बसबरियादेखि अमरपुर जाने बाटोमा माटो पुरेर ग्राभेल गर्ने काममा उपभोक्ता समितिसँगको सम्झौता शर्तविपरीत नभएको काम भएको भनेर झुटा बिल भरपाईका आधारमा १० लाख ८ हजार ९६५ रुपैयाँ भुक्तानी गरेको अख्तियारको दाबी छ ।
उक्त मुद्दामा तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत जयसवालसँगै लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर अजित कुमार गुप्ता, असिस्टेन्ट सब इन्जिनियर दिनेश कुमारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारको भनाइ छ । अख्तियारले उनीहरुसँग १० लाख ८ हजार ९६५ रुपैयाँ बिगो माग गरेको छ । त्यस्तै, तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद कानु, उपभोक्ता समितिका अध्यक्ष दिनेशप्रसाद यादव, सचिव वैद्यनाथ प्रसाद यादव र कोषाध्यक्ष गीताकुमारी यादवविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुसँग १० लाख आठ हजार ९६५ रुपियाँ बिगो माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित