जेठदेखि संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने

  २०८० बैशाख २४,काठमाडौं । प्रतिनिधिसभा सदस्‍यको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्न–उत्तर गरिने भएको छ।आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठकमा जेठ पहिलो साता प्रधानमन्त्री प्रचण्डसँग प्रश्न–उत्तर गर्ने समझदारी भएको हो।

कानुन मन्त्री धनराज गुरूङसँग र मुख्य सचेतकहरूसँग छलफल गरी मिति तय गर्न लागेको हो।यस्तै कार्यव्यवस्था समितिको बैठकमा नेकपा एमालेका मुख्य सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिन आएको दिनबाहेक अरू दिन संसदमा उपस्थित नभएको टिप्पणी गरे।

‘प्रधानमन्त्रीज्यू विश्वासको मत दिने दिन बाहेक अरू दिन आउनुभएको छैन,’ उनले भने।यसक्रममा सभामुख देवराज घिमिरेले संसदलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्। सांसदहरू सरकार बनाउनमा भुलेको पनि उनले बताए।  ‘सरकार बनाउने थलो जस्तो मात्रै भयो। संसद प्रभावकारी बनाउनुपर्‍यो। सरकारले संसदमा उठेका विषयमा जवाफ दिनुपर्‍यो,’ उनले भने। आइतबार अपराह्न ४ बजेदेखि बजेट अधिवेशन सुरू हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति