बैशाख १९, काठमाडौँ-नेपालले एसिया कप क्रिकेटमा छनोट भएको छ । एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया कपका लागि छनोट भएको हो ।
यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भिम सार्कीले उत्कृष्ट साझेदारी गरे ।
२२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहरुले नेपाललाई जितसम्म पुर्याएका हुन् । गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धसतक बनाएका छन् ।
त्यसैगरी नेकपा एमालेका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री के.पी. शर्मा ओलीले सामाजिक संजाल मार्फत फाइनल खेलमा युएईलाई पराजित गरी एसिया कप कृकेटमा छनौट भएकोमा नेपाली खेलाडीहरुलाई बधाई ज्ञापन गरेका छन् ।