ज्याला रोजगारीको साटो स्वरोजगार नीति ल्याउः जिफन्ट


१८ बैशाख, सुर्खेत
सुर्खेतको वीरेन्द्रनगरमा १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) को अवसरमा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) कर्णाली प्रदेशले सोमबार सरोकारवाला पक्षहरुसँग शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
कार्यक्रम माथि प्रकाश पार्दै प्रदेश अध्यक्ष तेज प्रकाश जिसीले सम्मानित काम, उचित ज्याला, स्वच्छ कार्यस्थल र कामको निरन्तरतामा श्रमिकहरुको मूल समस्या रहेकोले श्रमबजारलाई सुधार गर्न प्रदेश सरकारले उपयुक्त उद्यमशीलताको विकास, ज्याला रोजगारीको साटो स्वरोजगार नीति, बिउँपूजी र तालिमको खाँचो रहेको जानकारी गराउनु भयो ।
शुभकामना दिंदै प्रमुख अतिथि श्रम तथा रोजगार कार्यालय कर्णाली प्रदेशका कार्यालय प्रमुख शम्शेर रानाले कर्णालीमा आन्तरिक रोजगारी प्रवद्र्धनको नीति ल्याई कार्यान्वयन गर्न सके मात्र प्रदेशको श्रमशक्ति संचित हुने बताउनु भयो । रानाले श्रमप्रशासनलाई कडाईका साथ पालना गर्न रोजगारदाता र ट्रेड युनियनहरुबीच सुमुधर सम्बन्ध कायम भए मात्र श्रमको सम्मान हुने कुरामा जोड दिनुभयो ।
मे डे को शुभकामना दिंदै नेकपा (एमाले) कर्णाली प्रदेशका सदस्य एवम् जिफन्ट इन्चार्ज नवराज सिंहले श्रमिकहरुको आत्मनिर्भरताप्रति राज्यको दृष्टिकोण नजानुमा राजनैतिक अस्थिरता, अराजकता नै मूल जड भएको टिप्पणी गर्नुभयो ।
कार्यक्रमका अतिथि नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटी अध्यक्ष अमृत बहादुर बिसीले सरकारले खुल्ला अर्थतन्त्रको नाममा देशलाई हाटबजार बनाएको आरोप लगाउँदै श्रमबजारलाई सुदृढ बनाउन उद्यमशीलता र वस्तु उत्पादन गर्ने नीतिको व्यवस्थापन गर्नुपर्ने धारणा राख्दै मे डे को शुभकामना दिनुभयो ।
चियापान कार्यक्रममा सहभागी सबैलाई मे डे को शुभकामना दिंदै पेशागत महासंघ केन्द्रीय कमिटीका सचिव शिव सापकोटाले विधि, नियम र क्रियाशीलताका आधारमा श्रम प्रशासनलाई मितव्ययीता बनाउन श्रमजीवीका पक्षमा कानुनी आधारहरु निर्माण गर्नुपर्ने सुझाव दिनुभयो ।
त्यसैगरी अथिति सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले निजि क्षेत्रका संगठनहरुबाट वर्तमान श्रम बजारका समस्या समाधानका सुझावहरु सरकार समक्ष पेश गरे पनि सरकार सुझाव ग्रहण गर्न नचाहेको आरोप लगाउँदै सरकारले अभिभावकत्वको भूमिका निर्वाह गर्नबाट पन्छिन नमिल्ने बताउनु भयो । उहाँले सुर्खेतको वीरेन्द्रनगरमा रहेका फुटपाथ स्वरोजगार व्यापारीलाई व्यवस्थापन गर्नमा संघले प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेको समेत सो अवसरमा बताउनुभयो ।
एम्नेस्टी इन्टरनेशनल नेपाल समूह २, सुर्खेतका संयोजक मनविर नेपालीले कर्णालीमा ज्यालाको विभेद रहेकाले अनौपचारिक क्षेत्रमा मानव अधिकारको सही कार्यान्वयन हुन नसकेको बताउँदै श्रमको सम्मानका लागि प्रदेशमा वैज्ञानिक औद्योगिक विकासको नीति आवश्यक रहेकोमा जोड दिनुभयो ।
त्यसैगरी शुभकामना दिंदै अखिल नेपाल ट्रेड यूनियन महासंघ (अन्टुफ) कर्णाली प्रदेशका सहसंयोजक रत्न बहादुर नेपालीले श्रम ऐन, नियमावली कर्णाली प्रदेशमा कहीँकतै पूर्ण रुपमा लागू नभईरहेको दुखेसो पोख्दै अधिकारका लागि ट्रेड यूनियनहरु एकताबद्ध भई प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनु भयो ।
सो अवसरमा जिफन्ट राष्टिय कमिटी सदस्य चन्द्रा धामी, पेशागत महासंघ जिल्ला समिति सुर्खेतका सचिव रेशम रेग्मी र व्यवसायी कृष्ण प्रसाद ढकालले मे डे को शुभकामना दिनु भएको थियो ।
जिफन्ट प्रदेश अध्यक्ष तेज प्रकाश जिसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव श्रीपाल सारु मगरले गर्नुभएको थियो भने कार्यक्रममा पालिका कमिटीका अध्यक्ष र सचिव, घटका युनियनका केन्द्रीय सदस्यहरु र विभिन्न औपचारिक तथा अनौपचारिक क्षेत्रमा क्रियाशील श्रमिकहरुको सहभागिता रहेको थियाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र