बैशाख १८,काठमाण्डौ ।१३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल टेड युनियन महासंघ (जिफन्ट) ले काठमाण्डौंमा भब्वरुपमा मजदुर सभा सम्पन्न गरेको छ ।
जिफन्ट निकट दसौं हजार श्रमिकहरुले काठमाण्डौंको विभिन्न स्थानबाट र्याली तथा झाँकी प्रदर्शन गर्दै झकिझकाउ रुपमा सिंगारिएको भृकुटीमण्डको सभास्थल प्रवेश गरेका थिए । जिफन्टका महासचिब लक्ष्मण शर्माद्दारा संचालन गरिएको उक्त सभामा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षता र नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि के.पी.शर्मा ओलीको प्रमुख आतित्थ्यता रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै ओलीले केही गर्न नसक्ने सरकार किन सरकारमा बसिरहेको छ भनेर अचम्म मान्नुपर्ने अवस्था रहेको बताए।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै दुलोबाट मुसाले बिरालो हेरेजसरी अनुकूल परिस्थितिको खोजी गरिरहँदा पनि सरकारले भने निरीहता मात्रै प्रकट गरिरहेको आरोप लगाए।
ओलीले सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउँदिनँ भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोशसमेत व्यक्त गरे।
उनले भने, ‘हामी नेपाली जनता यतिवेला गम्भीर हुनुपर्ने अवस्थामा आएका छौँ। अहिले चौतर्फी ढंगले अनेक प्रकारका तत्वहरू, अनेक प्रकारले लोकतन्त्रका विरुद्ध, जनताले पाएका अधिकारहरूविरुद्ध सक्रिय भएर सल्बलाउन थालेका छन्। कोहीकोही दुलाबाट फुत्त निस्केलान् कि जस्तो गरेर दुलोबाट मुसोले बिरालो हेरेजसरी अनुकूल स्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन् ।’ यस्तो गम्भिर अवस्थामा श्रमजीवि जनता सचेत हुनुपर्ने बताएका छन् ।
विकासका हरेक कार्यमा अतुलनिय भूमिका निर्वाह गर्ने श्रमिकहरुको राष्ट्र निर्माणमा र राष्ट्रियताको सवालमा पनि अहं भुमिका हुने भन्दै श्रमिक दिवसको शुभकामना दिएका छन् । 
कार्यक्रमका अध्यक्ष बिनोद श्रेष्ठले मजदुरहरुका अधिकार विभिन्न बहानामा खोसिदै छन् तसर्थ सवै सचेत मजदुरहरु आप्mनो अधिकारको रक्षाका लागि गुमेको अधिकारको पुनराबृत्तिको लागि जिफन्टमा संगठित हुन र जिफन्टका हरेक कार्यक्रमा परिचालिन हुन आवश्यक रहेको बताएका छन् । उनले तालिमेलाई तलब, सामाजिक सुरक्षाको सुदृढीकरण, जिउन पुग्ने ज्यालाको व्यवस्था र राज्यका हरेक श्रमसँग जोडिएका निकाएमा मजदुरहरुको प्रतिनीधित्वका लागि सम्पुर्ण श्रमिकहरुको एकता आवश्यक रहेको कुरामा जोड दिएका छन् । श्रेष्ठले जिफन्टले अन्तर्राष्ट्रिय सञ्जाल समेत निर्माण गरी सम्बन्धित मुलुकका युनियन तथा अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको समेत समन्वयमा प्रवासी मजदुरहरुको हरेक समस्या समाधानमा भुमिका खेलेको कारण बेल्जियमको ग्रीन पार्टीले अल्टरनेटिभ वल्र्डकपको पुरुस्कार समेत दिएको कारण जिफन्ट बाह्य मूलुकमा समेत मजदुर पक्षिय संगठनको रुपमा स्थापित भएको कुरा बताएका छन् ।
उक्त कार्यक्रमा विभिन्न साँस्कृतिक तथा खेलाडीहरुको आकर्षक प्रस्तुतीका साथै विभिन्न प्रकारका सुलभ फुडस्टल र टिकटक,स्वास्थ स्टेशनका कारण पनि सिमसिमे पानिको पर्वाह समेत नगरी अन्तिम समयसम्म श्रमिकहरुको धैर्यता देखिनुले कार्यक्रमप्रति मजदुरहरुको उत्साह र एकताको भाव प्रष्टै झल्किएको देखिन्थ्यो ।
मित्रता केवल व्यक्तिगत सम्बन्ध होइन, शान्ति, लोकतन्त्र, सामाजिक सद्भाव र दिगो विकासको आधार पनि हो।
काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित
बुधबार, ६ साउन २०८३काठमाडौँ। सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यम (गोरखापत्र, रेडियो
सर्वोच्चको फर्स्योट दर २९.४६ प्रतिशत, उच्च अदालतमा दुई वर्षभन्दा पुराना मुद्दा शून्य काठमाडौं, साउन ४