
काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको गुम्बा स्थित निसमखोलामा कार्यक्षेत्र हुने गरि दर्ता भएको ४३ मेगावाटको सिन्धुज्वाला हाईड्रोपावरले देशभरका १,८३२ जना सेयर सदस्यबाट संकलन गरिएको ५४ करोड रुपैयाँ पैसामा ब्रम्हलुट मच्चाएको छ।
सेयर सदस्यहरुबाट जम्मा गरिएको रकमले पुर्व संचालक चुर्नप्रसाद श्रेष्ठले बनेपामा पेट्रोल पम्प,छोराको नाममा होटल र छोरीको नाममा रक्सी होलसेलमा लगानी गरेका छन् ।
सेयर सदस्यहरू बाट संकलित ५४ करोड रुपैयाँ सिध्याउंदा प्रिफ्याब भवन तथा मेसिनरी वाल निर्माणको लागि जिम्मेवारी दिएको मोक्तान कन्ट्रक्सन लाई १७ लाख रुपैयाँ काम सकाएको ५ बर्ससम्म भुक्तानी दिएको छैन । मोक्तान कन्ट्रक्सनले पाउनुपर्ने उक्त रकम समेत पुर्व संचालक चुर्न प्रसाद श्रेष्ठले फर्जी बिल बनाएर भुक्तानी लगेको हाइड्रोका वर्तमान चियरम्यान अर्जुनबन्धु रेग्मिले बताए । त्यस्तै सेयर सदस्यबाट उठेको ५४ करोड रुपैयाँ समेत चुर्न प्रासादले व्यक्तिगत व्यवसायमा लगानी गरेको रेग्मिले बताए ।
बैंकिङ कसुर तथा ठगी मुद्दा लगाएतले कालो सुचिमा परेका चुर्न प्रसादले केही भाडाका गुन्डाहरु प्रयोग गरेर छोरालाई चियरम्यान र छोरीलाई डाइरेक्टर बनाएर हाइड्रोपावरमा बांकी रहेको सम्पत्ति लुट्ने तयारीमा रहेको पीडित सेयर सदस्यहरुले बताएका छन् ।
हाईड्रोपावरले प्रत्येक सेयर सदस्यहरुबाट जनही १ लाख देखि १० लाख सम्म रकम संकलन गरेको थियो। २०६५ सालदेखि हाईड्रोपावरले नाफा दिन्छ भनेर सेयर सदस्यहरुलाई ढांटेर करोडौं रुपैयाँ संकलन गरेर १९ बर्ससम्म काम सुचारु नगर्दा पनि सरकारले सिन्धुज्वाला हाईड्रोपावरलाई कुनै कार्वाही गरेको छैन।
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट