कर्णालीमा परिवर्तन सम्भव छः उपाध्यक्ष बडाल

९ वैशाख, सुर्खेत
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) ले सञ्चालन गरेको तीनमहिने मर्यादित कामको लागि जिफण्ट अभियान २०७९ अन्तरगत कर्णाली प्रदेश कमिटीको समिक्षा बैठक शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भयो ।
बैठकमा प्रदेश अभियान संयोजक तथा राष्ट्रिय कमिटी सदस्य चन्द्रा धामीले अभियानको विषयमा रिपोर्टिङ गर्नुभएको थियो । बैठकमा जिफण्ट प्रदेश कमिटी, पालिका कमिटी, घटकका केन्द्रीय पदाधिकारी, घटकका प्रदेश कमिटी, जिल्ला कमिटी र पालिका कमिटीका अगुवाहरुको सहभागीता रहेको थियो । सहभागीहरुले संगठनलाई गति प्रदान गर्न ट्रेड युनियन शिक्षालाई श्रमिकहरुबीच लैजान र प्रशिक्षित गर्न माग गरेका थिए ।
प्रदेश अध्यक्ष तेजप्रकाश जि.सी.ले अभियानका क्रममा सहयोग गर्ने सबै कमिटीलाई धन्यवाद दिंदै आगामी दिनहरुमा संगठन परिचालन, सामाजिक न्याय र श्रमिकहरुबीच जिफण्टका योजनाहरु पुर्याउन र प्रतिफल हासिल गर्न थप उर्जा सहित परिचालित हुनु पर्नेमा जोड दिनु भयो । अध्यक्षले परिपूर्ण  लोकतन्त्रको अभ्यासलाई कडाइका साथ पालना गर्न गराउन प्रदेश र स्थानीय तहमा निरन्तर सामाजिक सम्वद गर्ने योजना रहेको बताउनु भयो ।
आफ्नै हितको लागि संगठनमा आफ्नै लगानी महत्वपूर्ण हुने बताउँदै बैठकका प्रमुख अतिथि राष्टिय कमिटी उपाध्यक्ष रमेश बडालले समग्रमा अभियान सन्तोषजनक रहेको र आगामी दिनमा खटिएर लाग्नुहोस्, परिवर्तन सम्भव रहेको बताउनु भयो । बडालले संगठनमा हैसियत राख्नुपर्छ, सामाजिक सुरक्षा लागु गराउनमा आँट भरोसा, तरिका र निरन्तर लविङ जरुरी भएको धारणा राख्दै राजनैतिक विरोधका विरुद्ध एकजुट भएर लाग्न निर्देशन दिनु भयो ।
बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय कमिटी सचिव तारानिधि पन्तले संगठन सुदृढिकरण गठन, पुर्न गठन र सदस्य बिस्तारलाई व्यवस्थित गर्दै लैजान घटक र पालिका कमिटीलाई ठोस निर्देश गर्नुभयो ।
जिफण्ट आवद्ध दश वटा घटकका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको सो समिक्षा बैठकलाई प्रदेश उपाध्यक्ष राधा श्रेष्ठले स्वागत गर्नु भएको थियो भने बैठकको संचालन सचिव श्रीपाल सारु मगरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओलीको भनाइ : ‘विद्या भण्डारीलाई एमालेमा ल्याउने विषयमा पार्टीले निर्णय गर्छ’

साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन