अध्यक्ष ओलीद्धारा विद्यार्थीहरुलाई युनिफर्म हस्तान्तरण

८ वैशाख,भक्तपुर। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाल बिनायक अधारभुत बिद्यालय, बालकोटका विद्यार्थीलाई युनिफर्म हस्तान्तरण गरेका छन् ।

अध्यक्ष ओली आज आफै बिद्यालयमा पुगेर विद्यार्थीहरुलाई युनिफर्म हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष ओली निवास नजिकै रहेको यस विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई ओलीले आफ्नो जन्मदिनको अवसर पारेर विभिन्न सहयोग गर्दै आएका छन् ।

गत वर्ष आफ्नो जन्मदिनको अवसरमा ट्र्याकसुट र जुत्ता हस्तान्तरण गरेका ओलीले यसवर्ष युनिफर्म हस्तान्तरण गरेका हुन् । फागुन ११ गते आफ्नो जन्मदिनको अवसरमा विद्यालयमै पुगेर आफ्नै उपस्थितिमा युनिफर्मको नाप लिएका ओलीले विद्यार्थीहरु संगै केक काटेर आफ्नो जन्मदिन समेत मनाएका थिए ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट