प्रदेश संरचना आबश्यक छैन, देश टाट पल्टाउने सेतो हात्ती पाल्नुहुन्न :- कमल थापा  

३ वैशाख,काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक अबस्था डरलाग्दो रुपमा धरासायी हुने तर्फ गैरहेको तर सत्तासिन दलहरु यसतर्फ उदासिन भएको आरोप लगाएका छन् ।
गम्भीर रुपमा बहस ,छलफल हुनुपर्ने बिषयमा भन्दा सत्ता केन्द्रित फोहरी खेलमा मात्र दलहरु लिप्त हुनु दुर्भाग्यपूर्ण भएको थापाको ठहर छ । आज केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले प्रदेश संरचना आर्थिक रुपमा खर्चिलो र बोझ भएको भन्दै यस्तो सेतो हात्ती मुलुकलाई आबश्यक नभएको उनको जिकिर छ ।
थापाले भने :-  “मुलुकलाई बिदेशीले ऋण पनि नपत्याउने स्थिती छ ,तलब भत्ता खान ऋण लिनुपर्ने भयो ,यस्तो अबस्थामा प्रदेश संरचनालाई निरन्तरता दिन हुदैन, खारेज गर्नुपर्छ” । मुलुकमा सबै क्षेत्रमा बेथिति र बिसङ्गती हाबी भएको भन्दै थापाले सस्तो लोकप्रियता र ताली भन्दा यथार्थमा गयर मुलुकको चुनौती समाधान गर्न सबै राष्ट्रबादी प्रजातान्त्रिक र हिन्दुबादी शक्ति एक हुनुपर्नेमा थापाले जोड दिए । राप्रपा नेपालले अंगिकार गरेको बैचारिक रोडम्यापले मात्र मुलुकको स्वाधिनता,लोकतन्त्र र आर्थिक समृद्धि हुने भएकोले तल्लो तहमा जान नेता कार्यकर्तामा आग्रह गरे ।
पार्टीलाई स्थापित गर्न धैर्यता, मेहनत र सक्रियताको आबश्यकता भएकोले उच्च मनोबल सहित संगठन केन्द्रित हुनुपर्नेमा थापाले जोड दिए । बैठकमा महामन्त्री त्रय भाष्कर भद्रा, सुशील श्रेष्ठ र राजाराम बर्तौलाले सचिवालय , प्रशिक्षण र संगठन सम्बन्धी प्रतिबेदन प्रस्तुत गरेका थिए भने । जिल्ला अध्यक्षहरुले जिल्लाको  बस्तुस्थितीको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट