
३ वैशाख,काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले यही बैशाख १० गते हुने उपनिर्वाचनमा चितवन – २ मा रवि लामिछाने विजयी भए पुन उपचुनाव हुनसक्ने बताएका छन् ।
गत निर्वाचनमा पनि रविले जानीजानी गल्ती गरेको बताउँदै सचिव भट्टराईले समाजलाई नै ढाँटेको आरोप लगाए ।
चुनाव प्रचारप्रसार कार्यक्रमका लागि चितवन पुगेका उनले भने, ‘चितवन – २ मा विगतको जस्तो नतिजा आए फेरि दोस्रोपटक उपचुनाव हुन्छ । यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन। रविले कानून उल्लङ्घन गरेकोले पुन उपनिर्वाचन गर्नुपरेको हो ।’
गएको मंसिरमा भएको आम निर्वाचनमा चितवन – २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी भएका थिए । तर उनी नागरिकता विवादपछि सांसद पदबाट पदमुक्त भएका थिए ।
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर
२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा
असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा