ट्रेड युनियन महासंघ नेपाल टुकोन ललितपुर अध्यक्षमा पराजुली

२ वैशाख,ललितपुर । राप्रपा नेपाल निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को ललितपुर अध्यक्षमा जिबनकृष्न पराजुली चयन भएका छन् ।संगठनका केन्द्रीय अध्यक्ष हिक्मतजंग भण्डारीको उपस्थितिमा भएको कार्यक्रममा कमिटीलाई पुनर्गठन गरि जिम्मेवारी तोकिएको छ । कार्यक्रममा बोल्दै भण्डारीले आम श्रमिकहरुको हकहितको संरक्षणको निमित्त (टुकोन) को स्थापना गरिएकोले श्रमिकहरुको जस्तोसुकै समस्यामा साथ दिन टुकोन प्रतिबद्ध रहेको बताएका छन् । उनले ठुला पार्टी निकट श्रमिक संगठनहरुले श्रमिकलाई अमुक पार्टीलाई सत्तामा पुर्याउने भर्याङको रुपमा मात्र प्रयोग गरेकोले वास्तविक श्रमिकहरु मारमा परेको भन्दै संगठित, असंगठित श्रमिकहरुको हितको लागि अग्रसर टुकोनमा समाहित हुन भण्डारीले श्रमिकहरुलाई आग्रह गरे ।
आज पुनर्गठित ललितपुर जिल्ला कार्य समितिको अध्यक्षमा पराजुली तथा सदस्यहरुमा विजय वोहरा, दिनेश शाही, सुनिल पराजुली, शोभा घिमिरे, जानुका सापकोटा, विजयराज शर्मा, जितेन्द्र कुमार गुप्ता, सविन श्रेष्ठ र नविन खड्का रहेका छन् भने सल्लाहकारमा रामहरि घिमिरे चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण