
चैत्र २७, काठमाण्डौं ।सांसद धनराज गुरूङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढककुमार श्रेष्ठको अडिओ प्रकरणको छानबिन गर्न संसद्मा माग गरेका छन्। उनले आइतबार सार्वजनिक भएको सांसद श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीचको अडियोको विषयमा छानबिन गर्न संसदीय समिति नै बनाउन माग गरेका छन्।
‘प्रतिनिधि सभा सदस्य भइसकेकाहरूले मन्त्री बन्नकै लागि कुनै एउटा व्यवसायीसँग बडो गफगाफमा लाग्छ। त्यो पारदर्शी ढंगले गफगाफ गरेको देखिन्छ। यो भन्दा लज्जाबोध के हुनसक्छ ? सभामुख महोदय, अनि सुन्छु मैले( दुधको साक्षी बिरालो बसेको पनि यहीँ सुन्दैछु। यो भन्दा बिडम्बना के हुनसक्छर ?,’ उनले भने।
अडिओमा भनिएको कोर टिमलाई बुझाउनुपर्ने रकमबारे पनि छानबिन हुनुपर्ने उनले बताए। उक्त छानबिनका लागि आजै समिति बनाउन उनले माग गरेका हुन्।
‘त्यसकारण म निवेदन गर्न चाहान्छु। त्यो वार्तामा भनिएको छ कोर टिममा बुझाउनुपर्छ। कोर टिम भनेको को हो ?त्यसको पनि छानबिन गर्नुपर्दैन ? ,’ उनले भने, ‘त्यसकारण यसको छानबिनका लागि प्रतिनिधि सभा सदस्यले गरेको वार्तालापको सन्दर्भमा भ्रष्टाचारका सन्दर्भमा, कमिशनको सन्दर्भमा यो संसद चुप लागेर बस्न हुँदैन। आजकै दिनमा यही बैठकबाट संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छानबिन गर्नको लागि माग गर्छु।’
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा
असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण