सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ : ज्ञानेन्द्र शाह

२१ चैत,काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र साहको नागरिक अभिननन्द गरिएको छ । सुनसरीको इनरुवामा शाहको नागरिक अभिनन्दन गरिएको हो । पछिल्लो केही दिनयता शाह झापाको दमकमा बस्दै आएका छन् । नागरिक अभिनन्दनका लागि शाह सोमबार दिउँसो इनरुवा पुगेका थिए ।

इनरुवाको खेल मैदानमा शाहको नागरिक अभिनन्दन कार्यक्रममा सर्वसाधारणको भिड लागेको थियो । उनको अभिनन्दनका लागि केशरबहादुर विष्टको संयोजकत्वमा १ हजार १ सदस्यीय समिति मार्फत तयारी गरिएको थियो ।

अभिनन्दनपछि पूर्वराजा शाहले राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु पर्ने बताए । व्यक्ति, परिवार, समूह, दल वा गुटमा अल्झिएर नभई सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्नु पर्ने बताए ।

‘स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन बिना हुन सक्दैन, कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ,’ उनले भने,‘ परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदीलो परिणाम दिदैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट