March 31, 2023

तीन महिनामा सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन – यस्तो छ पुनर्गठित मन्त्रीपरिषद्


१७ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

पुनर्गठित मन्त्रीपरिषदमा नेपाली कांग्रेसको तर्फबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री , प्रकाशशरण महत अर्थ मन्त्री , रमेश रिजाल उद्योग मन्त्री र सीगा गुरुङ शहरी विकास मन्त्री भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ-उपप्रधान तथा गृहमन्त्री, शक्ति बस्नेत-ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, रेखा शर्मा-सञ्चार तथा सूचना प्रविधि मन्त्री, सुदन किराती-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र अमनलाल मोदी-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएका छन् ।

नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल- कृषि तथा पशुपंक्षी विकास मन्त्री र प्रकाश ज्वाला-भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका छन् भने जनता समाजवादी पार्टीबाट अकोश राई- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट शरद सिंह भण्डारी-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएकी छन् । यस्तै नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएका छन् । जनमत पार्टीका अब्दुल खान-खानेपानी तथा सरसफाइ मन्त्रीमा यथावत रहेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

अर्थमन्त्री वाग्लेको दिल्ली अभिव्यक्तिले नेपालमा बढायो कूटनीतिक विवाद

कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर

साइबर जोखिमले सरकारी वेबसाइट बन्द

२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

बैंक खातामा राष्ट्रिय परिचयपत्रको ‘बाध्यकारी’ नियम बदर: सर्वोच्चको ऐतिहासिक फैसला र यसका दूरगामी प्रभाव

२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा