
१७ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
पुनर्गठित मन्त्रीपरिषदमा नेपाली कांग्रेसको तर्फबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री , प्रकाशशरण महत अर्थ मन्त्री , रमेश रिजाल उद्योग मन्त्री र सीगा गुरुङ शहरी विकास मन्त्री भएका छन् ।
नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ-उपप्रधान तथा गृहमन्त्री, शक्ति बस्नेत-ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, रेखा शर्मा-सञ्चार तथा सूचना प्रविधि मन्त्री, सुदन किराती-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र अमनलाल मोदी-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएका छन् ।
नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल- कृषि तथा पशुपंक्षी विकास मन्त्री र प्रकाश ज्वाला-भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका छन् भने जनता समाजवादी पार्टीबाट अकोश राई- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट शरद सिंह भण्डारी-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएकी छन् । यस्तै नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएका छन् । जनमत पार्टीका अब्दुल खान-खानेपानी तथा सरसफाइ मन्त्रीमा यथावत रहेका छन् ।
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट