
९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँ गाउँमा पुगेको बताएका छन् ।
प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहित स्वार्थ जोडिन नहुनेमा जोड दिँदै एमाले अबका पाँच वर्ष संसद्मा बलियो प्रतिपक्ष भएर बस्ने र जनताका सरोकारका विषयमा खबरदारी गर्ने बताए ।
उनले राष्ट्र बनाउने सवालमा सरकारमा सामेल दलबीच देश बनाउने मुद्दा पहिलो प्राथमिकता हुन सक्नुपर्नेमा जोड दिए । उनले देशमा स्थायित्व र विकासका लागि पाँच वर्ष नै सरकार चलाउने गरी अघि बढ्न सत्तारुढ दललाई आग्रह गरे ।
उनले अस्थिरताले कोही कसैको भलो नगर्ने हुँदा गहिरिँदो आर्थिक सङ्कट समाधान गर्दै बलियो राष्ट्र बनाउन सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए।रासस
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट