भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका १६ जना जुवाडेहरुलाई प्रहरीले बुधवार साँझ पक्राउ गरेको छ ।

दिलिप गिरीले सञ्चालन गरेको सो क्याफेमा जुवा खेल्ने खेलाउने गरेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मारी जुवाडेहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा क्याफे सञ्चालक सिन्धुपाल्चोक चौतरा साँगाचोकगढी नगरपालिका ९ घर भई हाल काठमाण्डौं नरेफाँट बस्ने ३९ वर्षिय दिलिप गिरी, भक्तपुर लोहकिल्थली बस्ने ४९ वर्षिय टिकाराम गिरी, सिन्धुपाल्चोक जुगल गाँउपालिका–५ घर भई हाल भक्तपुर कौशलटार बस्ने ४६ वर्षिय जित बहादुर विश्वकर्मा, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाँउपालिका–६ घर भई हाल काठमाण्डौं कोटेश्वर बस्ने ३५ वर्षिय नवराज बोहरा, सिन्धुपाल्चोक जुगल गाँउपालिका १ घर भई हाल भक्तपुर ठिमी बस्ने ३२ वर्षिय सन्तोष श्रेष्ठ, सिन्धुली सुनकोशी गाँउपालिका ९ घर भई हाल काठमाण्डौं काँडाघारी बस्ने ५८ वर्षिय कसाङ लामा, काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका ३ घर भई हाल काठमाण्डौं स्वयम्भु बस्ने ३८ वर्षिय शंख बज्र लामा, काभ्रेपलान्चोक पाँचखाल नगरपालिका ३ घर भई हाल ठिमी बस्ने ३५ वर्षिय सन्तोष चौलागाई छन ।

त्यसैगरी काभ्रेपलान्चोक नमोबुद्ध ७ घर भई हाल काठमाण्डौं कोटेश्वर बस्ने २९ वर्षिय सुमन खनाल र ३६ वर्षिय गोपाल कुईकेल, मकवानपुर हेटौडा उप महानगरपालिका १८ घर भई हाल कोटेश्वर बस्ने ३५ वर्षिय कृष्ण बहादुर मोक्तान र ३० वर्षिय विक्रम ब्लोन मोक्तान, दोलखा कालिन्चोक गाउँपालिका ३ घर भई हाल भक्तपुर ठिमी बस्ने ३९ वर्षिय कृष्ण बुढाथोकी, रसुवा गोसाईकुण्ड गाँउपालिका ६ घर भई हाल काभ्रे बनेपा बस्ने ३९ वर्षिय छवाङ वाईवा, भारत घर भई हाल ललितपुर कुपण्डोल बस्ने ३२ वर्षिय मदन मण्डल र ३० वर्षिय सुनिल कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट १६ बुक तास, २ लाख ४२ हजार ८५० रुपैंया, ४८ हजार ५ सय भारतीय रुपैंया समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताए । पक्राउ परेकाहरुलाई परिसर भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद