
९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका १६ जना जुवाडेहरुलाई प्रहरीले बुधवार साँझ पक्राउ गरेको छ ।
दिलिप गिरीले सञ्चालन गरेको सो क्याफेमा जुवा खेल्ने खेलाउने गरेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मारी जुवाडेहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा क्याफे सञ्चालक सिन्धुपाल्चोक चौतरा साँगाचोकगढी नगरपालिका ९ घर भई हाल काठमाण्डौं नरेफाँट बस्ने ३९ वर्षिय दिलिप गिरी, भक्तपुर लोहकिल्थली बस्ने ४९ वर्षिय टिकाराम गिरी, सिन्धुपाल्चोक जुगल गाँउपालिका–५ घर भई हाल भक्तपुर कौशलटार बस्ने ४६ वर्षिय जित बहादुर विश्वकर्मा, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाँउपालिका–६ घर भई हाल काठमाण्डौं कोटेश्वर बस्ने ३५ वर्षिय नवराज बोहरा, सिन्धुपाल्चोक जुगल गाँउपालिका १ घर भई हाल भक्तपुर ठिमी बस्ने ३२ वर्षिय सन्तोष श्रेष्ठ, सिन्धुली सुनकोशी गाँउपालिका ९ घर भई हाल काठमाण्डौं काँडाघारी बस्ने ५८ वर्षिय कसाङ लामा, काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका ३ घर भई हाल काठमाण्डौं स्वयम्भु बस्ने ३८ वर्षिय शंख बज्र लामा, काभ्रेपलान्चोक पाँचखाल नगरपालिका ३ घर भई हाल ठिमी बस्ने ३५ वर्षिय सन्तोष चौलागाई छन ।
त्यसैगरी काभ्रेपलान्चोक नमोबुद्ध ७ घर भई हाल काठमाण्डौं कोटेश्वर बस्ने २९ वर्षिय सुमन खनाल र ३६ वर्षिय गोपाल कुईकेल, मकवानपुर हेटौडा उप महानगरपालिका १८ घर भई हाल कोटेश्वर बस्ने ३५ वर्षिय कृष्ण बहादुर मोक्तान र ३० वर्षिय विक्रम ब्लोन मोक्तान, दोलखा कालिन्चोक गाउँपालिका ३ घर भई हाल भक्तपुर ठिमी बस्ने ३९ वर्षिय कृष्ण बुढाथोकी, रसुवा गोसाईकुण्ड गाँउपालिका ६ घर भई हाल काभ्रे बनेपा बस्ने ३९ वर्षिय छवाङ वाईवा, भारत घर भई हाल ललितपुर कुपण्डोल बस्ने ३२ वर्षिय मदन मण्डल र ३० वर्षिय सुनिल कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट १६ बुक तास, २ लाख ४२ हजार ८५० रुपैंया, ४८ हजार ५ सय भारतीय रुपैंया समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताए । पक्राउ परेकाहरुलाई परिसर भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग