आठ महिनामा सवा पाँच लाख युवा जनशक्ति विदेशिए

७ चैत,काठमाडौं । रोजगारीको लागि विदेशिनेको संख्या आठ महिनामा सवा पाँच लाख नाघेको छ । चालू आर्थिक वर्षको पहिलो आठ महिनामा सवा पाँच लाख जनाले श्रम स्वीकृत  लिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

फागुनमा म्यानपावर कम्पनीमार्फत २९ हजार २८८ जना युवा विदेशिएका छन । व्यक्तिगत रुपमा जाने नयाँ श्रमिकहरुको संख्या पांच हजार ५३६ जना रहेको छ । जिटुजीमार्फत २ हजार १७० जना युवा विदेशिएका छन् । त्यस्तै व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृती लिनेको संख्या २४ हजार आठ सय ५१ जना छन् ।

यसमध्ये सबैभन्दा धेरै मलेसिया र खाडी कतार, साउदी, संयुक्त अरब इमिरेट्स यूएई, कुवेत, बहराइन, ओमन,लगायतका देशमा जानेको हिस्सा ८० प्रतिशत रहेको छ । बाँकी हिस्सा अन्य देशमा जाने सङ्ख्या रहेको छ ।

विभागका अनुसार गत फागुन महिनामा मलेसियाका लागि १९ हजार ८२४ जनाले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार ३०३ जना, यूएईका लागि नौ हजार ७९५ जना र साउदी अरबका लागि नौ हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन् ।

यसैगरी सो अवधिमा कुवेतका लागि दुई हजार ४६२ जना र दक्षिण कोरियाका लागि दुई हजार २२७ जनाले श्रम स्वीकृति लिएका छन् । रोमानियामा एक हजार ७० जना, जापानमा ८७१ जना, पोल्यान्डमा छ सय जना र बहराइनमा ५९५ जनाले स्वीकृति लिएको विभागले जनाएको छ ।

फागुन महिनामा विदेशिने नेपाली युवा अधिकांश दक्ष योग्यताका छन् । विभागका अनुसार फागुनमा विदेशिनेमध्ये ४२ हजार ७१८ जना युवा ‘दक्ष’ रहेका छन् । अदक्ष युवा १३ हजार ५८० जना विदेशिएका छन् ।

दक्षभन्दा माथिल्लो स्तरको योग्यता भएका पाँच हजार ४४९ जना युवाले श्रम स्वीकृति लिएका छन् । ‘प्रोफेसनल’ योग्यताका ६८ र उच्च दक्षता हासिल गरेका ३० जना वैदेशिक रोजगारीमा विदेशिएको विभागले जनाएको छ । गोरखापत्रमा समाचार छ ।

सरकारले देशभित्रै श्रम र रोजगारीको अवस्था सृजना गर्न नसकेको कारण राष्ट्रको दक्ष र युवा जनशक्ति परदेश पलायन हुन बाध्य भएका हुन । सरकार रोजगारी सृजना गर्नुको सट्टा राहादानी विभागको लाईन पातलो बनएर धेरै भन्दा धेरै पासपोर्ट वितरण गर्दै युवाहरूलाई परदेश लखेटेर देश रेमिट्यान्स चलाउने उदेश्यमै तल्लीन रहेको कारण युवाहरु विदेशिन बाध्य भएको बिज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध

यसरी आश्रित परिवारको सहारा बनेको छ सामाजिक सुरक्षाकोष

बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

कुलमानको बदमासी छताछुल्ल हुनेगरी विद्युत प्राधिकरणले जारी गर्यो श्वेतपत्र (सूचीसहित)

  २१ वैशाख २०८२, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक