आगामी पांच वर्षभित्रमा श्रमिकहरुको तलब २५ हजार पुर्‍याउने नेता बिष्णु रिमालको उदघोष

१२ मंसिर,काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) का संरक्षक बिष्णु रिमालले आगामी सरकार एमालेको नेतृत्वमा बनेमा नेपाली श्रमिकहरुको तलब २५ हजार पुर्‍याउने उदघोष गर्नुभएको छ ।   

आइतबार नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) ले पाँचौ सामाजिक सुरक्षा दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता रिमालले यस्तो  बताउनुभएको हो ।       

“योगदानमा आधारित सामाजिक सुरक्षा कोष सुरु हुने दिनलाई हामीले नयाँ युगको सुरुवात भनेका थियौं । रमाइलो र भन्नका लागि मात्र होईन सामाजिक सुरक्षा कोषले समग्र श्रम क्षेत्रलाई फेर्नेछ भन्ने बिश्वासका साथ नयाँ युगको सुरुवात भनेका थियौं  भन्दै नेता रिमालले भन्नुभयो सामाजिक सुरक्षालाई दीर्घकालीन रुपमा टिकाउनको लागि हामी सबै एक भएर लाग्नु पर्ने कुरामा जोड दिंदै आगामी सरकार एमालेको नेतृत्वमा बनेमा आउने पाँच वर्षभित्रमा नेपाली श्रमिकहरुको न्युनतम तलब २५ हजार पुर्‍याउन नेकपा (एमाले) प्रतिवद्ध रहेको बताउनुभयो ।”   

“नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य विनोद श्रेष्ठले अब जिफन्टको गत श्रावण महिनाको दोस्रो साता सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट पारित नीतिलाई कार्यान्वयनमा केन्द्रीत गर्दै हामीलाई महाधिवेशनले सामाजिक सुरक्षाको सन्दर्भमा तयार गरेको नारा’हाम्रो भविष्य,सामाजिक सुरक्षा-सहकार्य,योगदान र सहभागिता’ लाई कार्यान्वयन गर्दै आगामी ४ वर्षमा कम्तिमा २० लाख श्रमिकहरुलाई सामाजिक सुरक्षा योजना कार्यक्रममा आवद्ध गर्ने अभियानमा निरन्तर लाग्ने बताउनुभयो ।”             

“सामाजिक सुरक्षा कोषका महानिर्देशक कपिलमणी ज्ञवलीले पाँचौ सामाजिक सुरक्षा दिवसको अवसरमा श्रमिकहरुलाई शुभकामना दिंदै जिफन्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनको लागि महत्त्वपूर्ण भुमिका निर्वाह गरेको र हालै बसेको संचालक समितिको बैठकले अनौपचारिक र  स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरुका निम्ति सामाजिक सुरक्षा कार्यविधि संचालक समितीबाट सिफारिस गरेर मन्त्रालयमा पठाएको र उक्त कार्यविधि मन्त्रालयबाट स्वीकृत हुनेमा बिस्वस्थ रहेको बताउनुभयो ।”

“कार्यक्रममा I.L.O का यसिया प्रमुख ब्रुनोडेसि क्लियरले जिफन्टले गरेको कामहरू प्रती आफुहरु प्रभावित रहेको र योगदानमा आधारित सामाजिक सुरक्षालाई अनौपचारिक,स्वरोजगार र अन्य क्षेत्रहरुमा पनि कार्यान्वयन गरेर जानुपर्ने बताउनुभयो ।”

“त्यस्तै कार्यक्रमको अतिथि एवं बुढानिलकण्ठ नगरपालिकाको उपमेयर अनिता लामाले बुढानिलकण्ठ नगरपालिकामा २०७६ सालमै बनेको श्रम समितिको कार्यविधि अनुसार श्रम डेस्क निर्माण गर्दै विगत ३ महिनादेखि श्रमिकहरुको सूचीकरण कार्य जारी रहेको र सुचिकृत श्रमिकहरुको संख्या १ हजार नाघेको बताउदै श्रमिक डेस्कको लागि नगरपालिकाले दुई जना कर्मचारीनै छुट्याएर सामाजिक सुरक्षा समन्धी काम गरिरहेको बताउनुभयो ।”

कार्यक्रममा लोकप्रिय मजदुर नेता एवं योगदानमा आधारित सामाजिक सुरक्षा अभियान्ता गणेश रेग्मी,जिफन्ट महिला कमिटीको अध्यक्ष सीता लामा लगाएतको विशेष उपस्थिति रहेको थियो । सामाजिक सुरक्षा दिवसको अवसरमा जिफन्टले पोखरा लगाएतका अन्य शहरहरुमा पनि कार्यक्रमको आयोजना गरेको थियो ।       

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

कर्णाली प्रदेशमा जिफन्टकाे संगठन सुदृढीकरण अभियान तीव्र

असोज १२, सुर्खेत । राष्ट्रिय सौन्दर्यकर्मि युनियन, नेपाल कर्णाली प्रदेशको संगठन सुदृढिकरण अभियान अन्तर्गत प्रशिक्षणमूलक

एमाले देश विकासको अभियन्ता, आधुनिकताको नायकः अध्यक्ष ओली

११ असोज,सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश विकासको अभियन्ता र आधुनिकताको

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं, असोज ९ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ ।

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

अख्तियारद्वारा पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, असोज ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत