आचारसंहिता पालना भए नभएको अनुगमन गर्नका लागि आयोगले काउन्सिललाई पत्र लेख्दै


२८ असोज,काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भए नभएको बारे नियमित अनुगमन गर्न प्रेस काउन्सिललाई पत्राचार गर्ने निर्णय गरेको छ ।

सञ्चारमाध्यमको अनुगमनको  क्षेत्राधिकार काउन्सिलभित्र पर्ने विषय भएकोले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन२०७९ लाई लक्षित गरी नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रतासञ्चारको हक (धारा १९)सूचनाको हक (धारा २७)अभिव्यक्ति स्वतन्त्रताआमसंचारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता समेतलाई सम्मान गर्दै सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण हुने सामग्री निर्वाचन आचारसंहिता२०७९ र पत्रकार आचारसंहिता२०७३ अनुरुप भए/नभएको नियमित अनुगमन गर्ने बारे सो निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यस्ता छन निर्वाचन आयोगका निर्णयहरू:
१, सञ्चारमाध्यमहरुको अनुगमन प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार भित्र पर्ने विषय भएकोले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक (धारा १९), सूचनाको हक (धारा २७), अभिव्यक्ति स्वतन्त्रता (धारा १७ (क)) तथा आमसंचार सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता समेतलाई सम्मान गर्दै सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण हुने सामग्री निर्वाचन आचारसंहिता, २०७९ र पत्रकार आचारसंहिता, २०७३ अनुरुप भए/नभएको नियमित रुपमा अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने |

२, पत्रकार आचारसंहिता, २०७३ को दफा ९ (१) मा रहेको प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिताको अनुकूल हुने गरी प्रत्येक सञ्चारमाध्यमले आफ्ना लागि आचारसंहिता बनाई सोको स्वनियमन र स्वमूल्यांकन गर्ने छन् भन्ने व्यवस्था बमोजिम सञ्चारमाध्यम तथा सञ्चारकर्मीले निर्वाचनको समयमा पालना गर्नुपर्ने आचरणको पालनाका सम्बन्धमा सम्बन्धित सञ्चारमाध्यम स्वयंले स्वनियमन सम्बन्धी कार्यविधि बनाइ लागू गर्न सबै सञ्चारमाध्यमहरुलाई आव्हान गर्ने र सोको लागि आवश्यक व्यवस्था गर्न गराउन प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने  |

३, पत्रकार आचारसंहिता, २०७३ को दफा १२ मा प्रेस काउन्सिल नेपालले निर्वाचनका क्रममा पत्रकार तथा सञ्चारमाध्यमका लागि निर्वाचन आचारसंहिता जारी गर्न सक्ने प्रावधान रहेकोले सो अनुसार प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लाई लक्षित गरी पत्रकार तथा सञ्चारमाध्यमका लागि निर्वाचन आचारसंहिता जारी गरी सोको एक प्रति आयोगमा उपलब्ध गराउन प्रेस काउन्सिल नेपाललाई लेखि पठाउने।निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को कार्यान्वयन गर्न सोही ऐनको दफा २३ बमोजिम आयोगले विज्ञहरु समेत रहेको संयन्त्र निर्माण गर्न सक्ने प्रावधान रहेको छ | सो व्यवस्था बमोजिम आयोगले निर्माण गर्ने संयन्त्रले आन्तरिक प्रयोजनका लागि संचारमाध्यममा प्रकाशित तथा सामाजिक संजालबाट प्रवाह हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति जाँचबुझ तथा अनुगमन गर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएमा आयोगले प्रचलित कानून बमोजिम गर्न गराउन लेखी पठाए बमोजिम आवश्यक कारवाही गरी सोको जानकारी आयोगमा गराई निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र एवम् विश्वसनीय तुल्याउने आयोगको प्रयासमा सोही ऐनको दफा ७ बमोजिम सहयोग गर्न सोही ऐनको दफा ४० बमोजिम प्रेस काउन्सिल, नेपाललाई निर्देशन दिने |

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए