महिलाले किन सम्भोग गर्छन् ? केही आश्चर्यजनक कारणहरु

4-to-increase-sexual-desire-in-women-the-simplest-home-remedy

महिलाले पुरुषसँग सम्भोग किन गर्छन् ? आफ्नो वैवाहिक जिवनलाई शान्त पार्न वा टिकाउन या विनाकारणको टाउकोदुखाइ बाट मुक्ति पाउन। महिलाहरुका लागि सम्भोगको कारणमा रोमान्स तथा आनन्द र इच्छा निकै पछाडि पर्दछन् । धेरैलाई आश्चर्य लाग्न सक्छ । तर महिलाहरुमा भएको अध्ययनका आधारमा तयार भएको एक पुस्तकले यस्तै भन्छ ।

अमेरिकाको टेक्सास विश्वविद्यालयका मनोविज्ञान विषयका प्राध्यापक सिन्डी मेस्टन र डेभिड बोसले लेखेको किताब ‘ह्वाइ वुमन ह्याभ सेक्स’ मा झण्डै २ सय कारणहरुलाई हाइलाइट गरिएको छ । यो किताब लेख्ने क्रममा शेाधकर्ताहरुले गरेको अनुसन्धानका क्रममा एक महिलाले यो सम्म स्विकार गरेकी छिन् की उनले यसकारण सेक्स गर्छिन् ता की उनको श्रीमानले आफ्नो विर्य बाहिर निकाल्न पाओस् ।

अनुसन्धानले धेरै पुरुषहरुलाई महिलाहरु कामुक लाग्ने देखाएको छ । तर महिलाहरुले भने पुरुषमा यस्तो कुनै कामुकता देख्दैनन् । अनुसन्धानका क्रममा १ हजार जना महिलाको अन्तरवार्ता समेत लिइएको थियो, जसमा महिलाहरुले आफ्नो पुरुष यौनसाथी सँग ओछ्यान तताउने विभिन्न सयौँ कारण बताएका थिए ।

एकजना महिलाका अनुसार उनले आफुमा आध्यात्मिक भावनाको विकाश गर्नका लागि लोग्नेसँग सम्भोग गर्छिन् । सेक्सले इश्वरलाई निकै नजिकबाट महसूस गराउने दाबी उनको छ । अर्की एक महिलाले भने आफ्नो टाउको दुख्ने समस्या वा माइग्रेनबाट मुक्ति पाउनका लागि सेक्स गर्ने गरेको बताएकी छिन् ।

८४ प्रतिशत महिलाले आफ्नो वैवाहिक जिवन तथा घर संसारलाई टिकाउन र शान्ति कायम राख्नका लागि नै सम्भोग गर्ने गरेको बताएका छन् ।
केही महिलाका सम्भोग गर्ने कारण निकै विचित्र थिए । कतिले पुरुषप्रति दया जागेर सम्भोग गरेको बताए भने कतिले आफ्नो स्वार्थपूर्तिका लागि सम्भोगको उपयोग गरेको बताए- पैसा वा बहुमुल्य वस्तु हासिल गर्न ।

सर्भेक्षणमा सहभागी मध्ये १० जना महिलाले पुरुषबाट उपहार लिएको, डिनरमा खर्च गरेको वा केही किनिदिएका कारण त्यसको पैँचो तिर्न सम्भोग गरेको बताए । कतिले आफ्नो यौनिक प्रदर्शन सुधार गर्न तथा यौन सीप बढाउन समेत सम्भोग गरेको बताएका छन् । सर्भेक्षणमा सहभागी मध्ये ६० प्रतिशत महिलाले आफुले यस्तो केटासँग पनि सम्भोग गरेको स्विकार गरे जो आफ्नो ब्वायफ्रेड थिएन ।

अध्ययनबाट यो कुरा पनि पत्ता लागेको छ की महिलाहरुले अग्लो, दमदार आवाज भएको तथा जिउबाट लठ्ठाउन बासना आउने पुरुषतर्फ आकषिर्त हुन्छन् । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध ५०० ल्यापटप खरिद वैध बनाउन थापा पुनः आईएचआईएमएस जाने दौडधुपमा

युनिसेफलाई गैरकानुनी रुपमा ५०० ल्यापटप किनाएर बेवारिसे बनाइएपछि विभाग र युनिसेफमा उच्चअधिकारीहरु तनावमा  २०८०  जेठ,१ 

डुप्लीकेट मह उत्पादन गरी उपभोक्ता ठग्ने गिरोह पक्राउ

बुटवल, १ जेठ । बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ

जिउन पुग्ने पारिश्रमिकको लागि स्वास्थ स्वयंसेवी लड्न तयार

बैशाख २५, सुर्खेत ।जिफन्ट आवद्ध नेपाल स्वास्थ्य स्वयम्सेवी संघ (नेभा) सुर्खेतको सोमबार वीरेन्द्रनगर नगरपालिका वडा

भाईरल ज्वरोका कारण एमाले अध्यक्ष ओली अस्वस्थ

३ वैशाख,काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्

प्रधानमन्त्री प्रचण्डद्वारा गेटा मेडिकल कलेजका विषयमा छलफल

२९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै

प्रहरीको लाठीचार्जविरुद्ध नेपाल चिकित्सक संघले भोलि देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्ने

२८ माघ, काठमाडौँ । प्रहरीको लाठीचार्जविरुद्ध भोलि नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द