दुबईमा १७ जना युवाहरू ६ महिनादेखी अलपत्र,स्वदेश झिकाईदिन आग्रह


२५ भदौ,काठमाडौं ।
सिनामंगलमा रहेको Leading Foreign Recruitment Pvt.ltd ले ३ हजार  दिराम पारिश्रमिक दिने प्रलोभन देखाएर दुबई पठाएका १७ जना युवाहरू बिगत ६ महिनादेखि अलपत्र परेका छन।

दुबईमा रहेको UPLIFT DELIVERY SERVICES नामगरेको कम्पनिमा मोटर बाईक राईडिङको लागि काम गर्न पुगेका युवाहरू बिगत ६ महिनदेखी भनेअनुसारको काम नपाउंदा बेखर्ची र अलपत्र परेका हुन ।

दुई महिनामा काम हुन्छ भनेर काठमाडौंको सिनामङ्गलमा रहेको Leading Foreign Recruitment Pvt.Ltd नाम गरेको मेनपावरले प्रत्येक संग २ लाख ५० हजार देखि ३ लाख पचासहजार सम्म रकम लिएर ती युवाहरूलाई त्यहाँ पठाएको थियो।

‘फ्री भिसा फ्री टिकट’ को कामदार भिसामा मोटो रकम मेनपावर लाई बुझाएर दुबई पुगेका युवाहरूले मेनपावरले गराएको सम्झौता अनुसारको काम नपाउंदा करिब ६ महिनादेखी बेतलबी र बेखर्ची हुंदा सरकार संग नेपाल झिकाईदिनको लागि अपिल गरेका छन।

मेनपावरले सम्झौता गराउंदा खाना,बस्न र बेसिक स्यालरी सम्पुर्ण कम्पनिलेनै दिन्छ भनेर पठाएको र नेपालमा गरिएको करार सम्झौतामा पनी त्यही लेखिएको भएपनी त्यहाँ पुगेपछि अवस्था त्यस्तो नभएको पीडित श्रमिहरुको गुनसो गरेका छन।

आफुहरुलाई भने अनुसारको काम र तलब नभएको र नेपाल झिकाईदिनको निमित्त बारम्बार जानकारी गर्दा पनि उनिहरुलाई पठाउने Leading Foreign Recruitment मेनपावरले कुनै वास्ता नगरेको पिडितहरुले दुखेसो व्यक्त गरेका छन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार