यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्य सम्मेलन दोस्रो संस्करणको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘हामीले उपचारको धेरै कुरा गर्छौं । रोग लाग्न नदिने कुरामा ध्यान दिन सकेका छैनौं । रोग लाग्नै नदिने विषयमा केन्द्रित हुन सके स्वास्थ्य क्षेत्रमा सकारात्मक सुधार हुने थियो ।’’ साथै उहाँले आर्थिक वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राखिएको बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘नेपालको बजेट प्रणालीमा सबै खर्च रोग, त्यसको उपचार र साधनस्रोतमा खर्च भइरहेको छ । यसको एउटा हिस्सालाई रोकथाममा खर्च गर्न जरुरी छ । यसका लागि हामीले यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राखेका छौं ।’’

योग र ध्यान पूर्वीय चिन्तन र संस्कृतिको पक्ष हो । यो हाम्रो जीवनशैली हो । यसले मानसिक र शारीरिक स्वास्थ्यको प्रवर्द्धन गर्नुपर्ने बताउनुहुँदै मन्त्री श्रेष्ठले स्वास्थ्यको बहस गर्दा योग र ध्यानलाई छुट्याउन नहुनेमा जोड दिनुभयो ।

साथै, मन्त्री श्रेष्ठले यो सम्मेलनबाट आउने निचोडले नीतिनियम बनाउन स्वास्थ्य क्षेत्रको बजेट विनियोजन गर्न सहयोग पुग्ने जिकिर गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल मेडिकल काउन्सिलका पूर्व अध्यक्ष एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले स्वास्थ्य सेवाका विविध पक्षमा बहसको आवश्यकता रहेको बताउनुभयो । नेपालमा हालसम्म आउँदा जनताको स्वास्थ्य सेवामा राज्यले लगानी गर्ने र सहजीकरण गर्ने अवस्था आएको भन्दै अब स्वास्थ्य सेवाका मोडलहरुका बारेमा चर्चा गने बेला आएको बताउनुभयो ।

स्वास्थ्य सम्मेलनको क्रममा विभिन्न ६ वटा विषयमाथि विज्ञहरुका बिचमा छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकारद्वारा ६ दलको साझा घोषणापत्र समेटिएको ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्वजनिक, ५ वर्षमा १५ लाख रोजगारी लक्ष्य(पुर्णपाठ )

बैशाख १, २०८३, काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले ६ वटा राजनीतिक दलका घोषणापत्र समेट्दै

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स

श्रममन्त्री साह बर्खास्त

चैत २६, काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी