२० भदौ,भक्तपुर।
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट पुर्व मन्त्री एवं नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको हो।
उम्मेदवारको लागि युवा नेता महेश बस्नेत र एमाले केन्द्रीय सदस्य एवं बौद्धिक नेता निर्मल भट्टराईले प्रतिनिधिसभा सदस्य उमेदवारको लागि जिल्ला पार्टी कार्यालयमा आवेदन दिएका थिए ।तथापि आज बसेको जिल्ला कमिटीको बैठकले नेता बस्नेतको नाम सर्वसम्मतरुपमा पारित भएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन।
युवाहरूमा लोकप्रिय र भक्तपुरको पछिल्लो विकास निर्माणकार्यमा नेतृत्वदायी भुमिका निर्वाह गरेका नेता बस्नेतले ०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बनेका थिए ।
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा
भदौ ९,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र तस्करी नियन्त्रणमा प्रभावकारी काम गर्न निर्देशन दिनुभएको छ।
साउन २४,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरुको मर्यादाक्रम तोक्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार