नेस्वहोमयुले गर्‍यो धुलिखेलमा नगर भेला

 नेपाल स्वतन्त्र होटल,क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियन का केन्द्रिय महासचिव कमल घिमिरे प्रमुख अतिथि,नेपाल टेड युनियन महासंघ (जिफन्ट )का बागमती प्रदेश सदस्य मोहन गजुरेल, नेपाल स्वतन्त्र होटल,क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियन केन्द्रिय सदस्य डिल्लि बजागाईं लगाएतको मजदुर नेताहरुको उपस्थितिमा भेला सम्पन्न भएको छ । उक्त भेलामा मजदुर नेताहरुले होटेल क्षेत्रमा कार्यरत मजदुरका अधिकारका लागी सशक्त  संगठनको महत्त्व, उक्त संगठनले गरेको भुमिका साथै श्रवण ७ गते ललितपुरको गोदावरीको सुर्योदय सभाहलमा हुन गैरहेको जिफन्टकाे आठाै अधिबेशकाे उद्घाटन समारोह  बृहत उपस्थितिको लागि आग्रह गरिएको छ। सो अधिबेशनको उद्घाटन एमाले अध्यक्ष के.पी. शर्मा ओलीले गर्ने र श्रावण ८,९ गते राष्ट्रिय सभागृहमा  अधिबेशनको बन्दसत्र सम्पन्न भइ १० गते घोषण सभा हुने बताइएको छ।
धुलिखेल नगर भेलाबाट निराजन तिमल्सिनाको अध्यक्षतामा १३ सदस्य रहेको नगर कमिटी जसमा उपाध्यक्ष अस्मिता कुईंकेल ,सचिव राजेश हुमागाई, सह–सचिव सुविना महत,कोषाध्यक्ष कादेब शाह, सदस्यहरु इन्दिरा पोखरेल,संगम तामाङ,सन्देश घले,आदित्य राई,विशाल राई,संजिव तामाङ,मुकेश शाह,राजेश तिमल्सिना रहेका छन ।

प्रमुख अतिथि घिमिरेले भेला बाट निर्बाचित सम्पुर्णलाइ टीका , खादा लगाएर बधाई दिंदै यस क्षेत्रका मजदुरहरुको सुरक्षाको ग्यारेण्टिको लागि सामाजिक सुरक्षमा जानको लागि बिषेश पहल गरिने कुरा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

अर्थमन्त्री वाग्लेको दिल्ली अभिव्यक्तिले नेपालमा बढायो कूटनीतिक विवाद

कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

बैंक खातामा राष्ट्रिय परिचयपत्रको ‘बाध्यकारी’ नियम बदर: सर्वोच्चको ऐतिहासिक फैसला र यसका दूरगामी प्रभाव

२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण