देशिक रोजगारीमा जानेको संख्या उच्च

काठमाडौँ, १ साउन । गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या पछिल्लो छ वर्षकै उच्च संख्या रहेको वर्ष भएको छ । यस आर्थिक वर्षमा ६ लाख २८ हजार ५ सय ३ नेपाली वैदेशिक रोजगारीको क्रममा विभिन्न देश पुगेका छन् । वैदेशिक रोजगार विभागले पछिल्ला आर्थिक वर्षको विवरण सार्वजनिक गर्दै रोजगारीको नयाँ रेकर्डको विवरण दिएको हो । विभागले सार्वजनिक गरेको प्रतिवेदनमा यो अंक गत वर्षको तुलनामा ४ लाख ६१ हजार ८ सय ५ ले बढी हो । आर्थिक वर्ष ०७३–०७४ मा ६ लाख ४२ हजार ८ सय ५९ वैदेशिक रोजगारीमा गएका थिए भने २०७४–७५ मा ६ लाख १२ हजार ६ सय ८५ले नेपाली श्रम स्वीकृति लिएका थिए ।

आर्थिक वर्ष २०७५–७६ मा ५ लाख ८ हजार ८ सय २८ वैदेशिक रोजगारीमा गएका थिए भने २०७६–७७ मा ३ लाख ६८ हजार ४ सय ३३ नेपाली वैदेशिक रोजगारीमा गएका थिए । कोभिडका कारण थला पर्दै गएको वैदेशिक रोजगारीको क्षेत्रमा आर्थिक वर्ष २०७७–७८ मा भने १ लाख ६६ हजार ६ सय ९८ मात्र नेपाली वैदेशिक रोजगारीका लागि विदेश पुगेको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिनुभयो । यसरी श्रम स्वीकृत लिएर जाने देशमा सबैभन्दा बढी साउदी अरेबिया रहेको छ । यस देशमा यस आर्थिक वर्षमा १ लाख ८८ हजार ३ सय ९८ नेपाली वैदेशिक रोजगारीका लागि पुगेका छन् । त्यस्तै यसै आर्थिक वर्षमा वैदेशिक रोजगारीमा नेपाली जाने दोस्रो मुलुक कतार बनेको छ । यस देशमा १ लाख ८४ हजार ५ सय ३ नेपाली रोजगारीका लागि गएका छन् भने नेपाली भित्र्याउने तेस्रो देश युएई बनेको छ ।

यस देशमा १ लाख २२ हजार ३ सय ६६ नेपाली रोजगारीको लागि पुगेका छन् । तर, महिला नेपाली कामदार भित्र्याउने पहिलो देश भने युएई बनेको छ । यस देशमा २१ हजार १ सय १० महिला श्रमका लागि पुगेका छन् । नेपाली महिला कामदार भित्र्याउने दोस्रो देश कतारमा ७ हजार १ सय ११ महिला श्रममा सरिक छन् भने अन्य विभिन्न देशमा गरेर यस आर्थिक वर्षमा ४८ हजार ९ सय ७५ महिला कामदार वैदेशिक रोजगारीमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति