देशिक रोजगारीमा जानेको संख्या उच्च

काठमाडौँ, १ साउन । गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या पछिल्लो छ वर्षकै उच्च संख्या रहेको वर्ष भएको छ । यस आर्थिक वर्षमा ६ लाख २८ हजार ५ सय ३ नेपाली वैदेशिक रोजगारीको क्रममा विभिन्न देश पुगेका छन् । वैदेशिक रोजगार विभागले पछिल्ला आर्थिक वर्षको विवरण सार्वजनिक गर्दै रोजगारीको नयाँ रेकर्डको विवरण दिएको हो । विभागले सार्वजनिक गरेको प्रतिवेदनमा यो अंक गत वर्षको तुलनामा ४ लाख ६१ हजार ८ सय ५ ले बढी हो । आर्थिक वर्ष ०७३–०७४ मा ६ लाख ४२ हजार ८ सय ५९ वैदेशिक रोजगारीमा गएका थिए भने २०७४–७५ मा ६ लाख १२ हजार ६ सय ८५ले नेपाली श्रम स्वीकृति लिएका थिए ।

आर्थिक वर्ष २०७५–७६ मा ५ लाख ८ हजार ८ सय २८ वैदेशिक रोजगारीमा गएका थिए भने २०७६–७७ मा ३ लाख ६८ हजार ४ सय ३३ नेपाली वैदेशिक रोजगारीमा गएका थिए । कोभिडका कारण थला पर्दै गएको वैदेशिक रोजगारीको क्षेत्रमा आर्थिक वर्ष २०७७–७८ मा भने १ लाख ६६ हजार ६ सय ९८ मात्र नेपाली वैदेशिक रोजगारीका लागि विदेश पुगेको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिनुभयो । यसरी श्रम स्वीकृत लिएर जाने देशमा सबैभन्दा बढी साउदी अरेबिया रहेको छ । यस देशमा यस आर्थिक वर्षमा १ लाख ८८ हजार ३ सय ९८ नेपाली वैदेशिक रोजगारीका लागि पुगेका छन् । त्यस्तै यसै आर्थिक वर्षमा वैदेशिक रोजगारीमा नेपाली जाने दोस्रो मुलुक कतार बनेको छ । यस देशमा १ लाख ८४ हजार ५ सय ३ नेपाली रोजगारीका लागि गएका छन् भने नेपाली भित्र्याउने तेस्रो देश युएई बनेको छ ।

यस देशमा १ लाख २२ हजार ३ सय ६६ नेपाली रोजगारीको लागि पुगेका छन् । तर, महिला नेपाली कामदार भित्र्याउने पहिलो देश भने युएई बनेको छ । यस देशमा २१ हजार १ सय १० महिला श्रमका लागि पुगेका छन् । नेपाली महिला कामदार भित्र्याउने दोस्रो देश कतारमा ७ हजार १ सय ११ महिला श्रममा सरिक छन् भने अन्य विभिन्न देशमा गरेर यस आर्थिक वर्षमा ४८ हजार ९ सय ७५ महिला कामदार वैदेशिक रोजगारीमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि