गठबन्धनको सरकार आएपछि राष्ट्रियतामाथि झन् खतरा बढ्यो : नेता खनाल

काठमाडौँ,१४ असार । नेकपा एकीकृत समावादीका सम्मानित नेता झलनाथ खनालले सत्ता गठबन्धन बनेदेखि राष्ट्रियतामाथि खतरा बढेको बताएका छन् ।

नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै नेता खनालले गठबन्धन बनेदेखि देश त्यसतर्फ धकेलिएको बताए । उनले भने, ‘सत्ता गठबन्धन बनाएपछि राष्ट्रियता बलियो बनाउँछौं जस्तो लागेको थियो । सुदृढ हुँदै जान्छजस्तो लागेको थियो। तर गठबन्धनको सरकार बनेदेखि मैले हेर्दैछु, राष्ट्रियतामाथि झन् झन् खतरा बढेको देखिन्छ ।

‘उनले उदाहरणको रुपमा राजदूत नियुक्ति, रुस-युक्रेन युद्धमा नेपालको वक्तव्य र एमसीसी ज्वलन्त उदाहरण भएको बताए । ‘सरकार बन्नेवितिकै प्रधानमन्त्रीले पश्चिमा तीनटा मुलुकको राजदूत नियुक्ति गर्नुभयो। चीन र जापानको गर्नुभएन,’ उनले त्रुटि औँल्याउँदै भने।

उनले एसपीपी रोक्न सफल भएकोमा नेताहरुलाई धन्यवाद दिए । ‘एमसीसी अनुमोदन भए पनि हामीले एसपीपी रक्यौं। नत्र अमेरिकी सेनाहरु हाम्रा पहाड हिमाल परेड खेल्थे। त्यसका लागि नेताहरुलाई धन्यवाद दिनैपर्छ,’ उनले भने। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले