June 6, 2022

मन्त्री छाेड्नु परे पार्टी छोड्ने धम्की आएपछी माधब नेपाल तनावमा

काठमाडौँ, २३ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फेर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ। नेकपा एसबाट सरकारमा मन्त्री बनेका केही नेताले आफूहरूले पद नछाड्ने बताएपछि पार्टीमा विवाद उत्पन्न भएको हो ।श्रोतका अनुसार “राम्रो काम गर्दा गर्दै नेतृत्वले मन्त्रीबाट हटाए आफुहरु पार्टी पनि परित्याग गर्न पछी नपर्ने भन्ने भावनाहरु व्यक्त भए भन्ने छ”

नेकपा एसबाट मन्त्री बनेका विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठले आफूहरू सो पदबाट नहट्ने बताएका छन्। उनीहरूले आफूहरूले राम्रो काम गरेको दाबी गर्दै तत्कालै मन्त्रीबाट हट्नुपर्ने कारण नभएको बताएका छन्।  नेकपा एसको आइतबार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले यो निर्णयलाई अन्यथा नलिईकन अन्य साथीलाई पनि सरकारमा पालो दिनुपर्ने बताएका थिए ।

मन्त्री खतिवडाले भने अहिले नै मन्त्रीबाट हट्नुपर्ने कारण नभएको र मन्त्री पद आलोपालो प्रणालीमा चल्ने विषय नभएको बताएका थिए। तर अध्यक्ष नेपालले उनको कुरा सुनेनन् । उनले पार्टीले सरकारमा नयाँ मन्त्रीका रूपमा पठाउन लागेका नेताहरूलाई इज्जत राखेर काम गर्न निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे