June 6, 2022

मन्त्री छाेड्नु परे पार्टी छोड्ने धम्की आएपछी माधब नेपाल तनावमा

काठमाडौँ, २३ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फेर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ। नेकपा एसबाट सरकारमा मन्त्री बनेका केही नेताले आफूहरूले पद नछाड्ने बताएपछि पार्टीमा विवाद उत्पन्न भएको हो ।श्रोतका अनुसार “राम्रो काम गर्दा गर्दै नेतृत्वले मन्त्रीबाट हटाए आफुहरु पार्टी पनि परित्याग गर्न पछी नपर्ने भन्ने भावनाहरु व्यक्त भए भन्ने छ”

नेकपा एसबाट मन्त्री बनेका विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठले आफूहरू सो पदबाट नहट्ने बताएका छन्। उनीहरूले आफूहरूले राम्रो काम गरेको दाबी गर्दै तत्कालै मन्त्रीबाट हट्नुपर्ने कारण नभएको बताएका छन्।  नेकपा एसको आइतबार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले यो निर्णयलाई अन्यथा नलिईकन अन्य साथीलाई पनि सरकारमा पालो दिनुपर्ने बताएका थिए ।

मन्त्री खतिवडाले भने अहिले नै मन्त्रीबाट हट्नुपर्ने कारण नभएको र मन्त्री पद आलोपालो प्रणालीमा चल्ने विषय नभएको बताएका थिए। तर अध्यक्ष नेपालले उनको कुरा सुनेनन् । उनले पार्टीले सरकारमा नयाँ मन्त्रीका रूपमा पठाउन लागेका नेताहरूलाई इज्जत राखेर काम गर्न निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

झापा–५ केन्द्रित प्रतिबद्धतासहित बालेन शाहको घोषणापत्र सार्वजनिक

काठमाडौं, ११ फागुन। झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले