निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बारे सर्वोच्चको फैसलाविरुद्ध माओवादीको राँकेजुलुस

जेठ १३, काठमाडौं: सर्वोच्च अदालतको पछिल्लो फैसलाविरुद्ध बारामा राँके जुलुश प्रदर्शन भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन दलमध्यको एक माओवादी केन्द्रले राँके जुलुश प्रदर्शन गरेको हो ।

माओवादी केन्द्र निजगढ नगर कमिटीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको भन्दै बिहीबार राति राँके जुलुससहित विरोध प्रदर्शन गरेको हो ।

निजगढ विमानस्थल निर्माणले यहाँका जनता, मलुकको भाग्य र भविष्य उज्जवलहुने मात्रै नभइ सोझै अन्य मुलुकसंग नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध रहने महत्त्वाकांक्षी योजनामा सर्वोच्च अदालतले वातावरण संरक्षणको नाममा रोक लगाएको माओवादी केन्द्रका मधेस प्रदेश कमिटी सदस्य रविराज दंगालले आरोप लगाएका छन ।

दंगालले भारतको इसारामा अदालतले गैरजिम्मेवारी प्रदर्शन गरेर न्यालयको बदनाम गरेको पनि बताए ।

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको हो । वातावरणीय कारण देखाएर बिहीबार सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका