निजी विद्यालयमा पनि दुई दिन बिदा

वैशाख २८, काठमाडौं: शिक्षा मन्त्रालयले सरकारीसँगै निजी विद्यालयमा पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मन्त्रालयमा बुधबार बसेको बैठकले जेठ १ गतेदेखि लागू हुने गरी निजी र सरकारी विद्यालयमा दुई दिन नै बिदा दिने निर्णय गरेको हो ।

सरकारले दुई दिन बिदा दिने निर्णय यसअघि नै गरे पनि मन्त्रालयले भने निजी र सरकारी दुबैमा बिदा लागू हुने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । उनले भने, ‘बिदा दिने निर्णय सरकारले गरेको हो । हामीले प्रस्ट पारिदिएकोमात्र हो । शनिबार र आइतबार बिदा हुने भएपछि कसरी मिलाउने भनेर भनेको हो ।’

शनिबार र आइतबार बिदा हुने भएपछि शुक्रबार ४ बजेसम्म पढाइ हुने उनले बताए । अरु नपुग हुने दिन हिउँदे र बर्खे बिदाबाट कटाएर पढाइ सकाउनेसमेत निर्णय भएको उनले जानकारी दिए ।

मन्त्रालयकाे निर्णयअनुसार विद्यालय बिहान १० देखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ । हिउँदे, वर्खे र स्थानीय बिदालगायतको बिदा कटौती गरी वर्षभरिमा अधिकतम ३० दिन बिदा दिन सकिने निर्णय गरिएको छ ।

उनले विद्यालयको हकमा सम्बन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सीटीईभीटीले र विश्वविद्यालयको हकमा विश्वविद्यालय अनुदान आयोगले विदा व्यवस्थापन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन स्वीकार्य छैन : ओली

 माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा

मध्यम वर्ग लक्षित वाचापत्र ल्याउँछौँ:रास्वपा नेता खनाल

२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि

ट्रम्पका कारण चीन र बेलायतको सम्बन्ध सुधारतर्फ

माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र