चुनावीसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री ओली बुटवलमा

वैशाख २५, रूपन्देही: नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउन लागेका छन्।

नेकपा एमाले रुपन्देही आयोजना गरेको जनसभालाई सम्बोधन गर्न ओली आउन लागेका हुन् । बिहान साढे १० बजे काठमाडौंमा पत्रकार सम्मेलनमा सम्बोधन गरेपछि हेलिकोप्टरमार्फत ओली बुटवल आउने छन् ।

बुटवल ११ देवीनगरस्थित वाणिज्य क्याम्पस छेउको मैदानमा हुने सभामा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसालसहितका नेताहरुले सम्बोधन गर्ने एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज भूमिश्वर ढकालले समय छोटो भएकाले धेरै नेताहरुले सम्बोधन गर्ने कार्यक्रम नबनाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले