वैशाख २१, काठमाडौं: सत्तारूढ दल नेपाली कांग्रेसले आज मोरङको विराटनगरमा आमसभा गर्दै छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलक्षित सभा गर्न लागिएको हो ।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा विराटनगर जाँदै छन् । देउवासहित रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायत नेताहरूले सभालाई सम्बोधन गर्ने पार्टीले जनाएको छ ।
कांग्रेसले आसन्न निर्वाचनका लागि देशभरका विभिन्न १० स्थानमा चुनावी सभा गर्न लागेको हो । आज पहिलो दिन विराटनगर, वैशाख २२ गते दोस्रो दिन भरतपुर, वैशाख २३ गते तेस्रो दिन काठमाडौं, वैशाख २४ गते चौथो दिन रुपन्देही र सोही दिन दिउँसो तनहुँ, वैशाख २४ गते नै जनकपुर, वैशाख २५ गते पाँचौँ दिन पोखरा र दाङ, वैशाख २६ गते छैटौँ दिन धनगढी र वैशाख २७ गते डडेलधुरामा आमसभा गर्ने तालिका छ ।
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।