६९ अर्ब ‘कालोधन’ ओसार पोसारमा बागमतीका मुख्यमन्त्री

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे शंकाष्पद कालोधन ओसार पोसारमा समलग्न भएको खुलेको छ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष समेत रहेका पाण्डेले दुबई स्थित एक विवादास्पद कम्पनिसँग सम्झौता गरेको खुलेको हो ।

मुख्यमन्त्री पाण्डेले दुबई स्थित एक विवादास्पद कम्पनिबाट उनी अध्यक्ष रहेको नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडमा अर्बौं रुपैयाँ विदेशी लगानी भित्र्याउने लिखित सम्झौता गरेको पाइएको हो ।

 

 

 

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे

पाण्डे अध्यक्ष रहेको उक्त सहकारी संस्थाले ‘अन्डरवर्ल्ड डन’ भनेर चिनिने दाउद ईब्राहिमको स्वामित्व रहेको युनिक कन्सल्ट लिमिटेडबाट ५ सय मिलियन युरो अर्थात नेपाली विनिमयदर अनुसार ६९ अर्ब २१ करोड रुपैयाँ भन्दा बढी रकम नेपाल भित्र्याउन विवादास्पद सम्झौता गरेको खुलाशा भएको छ ।

दुबईको अलसाउथ स्ट्रिटस्थित बेज वाटर टावर बिजनेस बे लेभल १८ मा कार्यालय रहेको युनिक कन्सल्ट लिमिटेडबाट पाण्डेको स्वामित्व रहेको नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाले ६९ अर्ब शंकाष्पद वैदेशिक लगानी ल्याउने सम्झौता गरेको फेला परेको हो ।

 

 

भूमिगत ग्याङस्टर दाहुदको लगानी रहेको भनिएको युनिक कन्सल्ट लिमिटेडको कार्यालय रहेको भनिएको दुबईस्थित भवन ।

उक्त रकम दुबईको अवुधावीमा मख्यालय रहेको मशरेक बैंकबाट नेपालस्थित लक्ष्मि बैंक मार्फत नेपाल भित्र्याउने सम्झौतामा उल्लेख छ ।

सन् २०२० सेप्टेम्बर १४ मा गरिएको भनिएको उक्त सम्झौतामा सहकारीका तर्फबाट पाण्डेले हस्ताक्षर गरेका छन् । उता दुबईस्थित उक्त कम्पनिको तर्फबाट भने कम्पनिका सिइओले हस्ताक्षर गरेका छन् । उक्त कम्पनिसँग भएको सम्झौताको हस्ताक्षरमा सिइओ मार्क एन्ड्रे जीको हस्ताक्षर छ । सम्झौतामा हस्ताक्षर गर्ने कम्पनिको सिइओको पासपोर्ट भने बेल्जियमबाट जारी भएको उल्लेख छ । जसको नम्बर इपी ०९३८८६ रहेको छ । मशरेक बैंकको तर्फबाट बैंक अफिसरको नाम भने उल्लेख छैन ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाको तर्फबाट पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौतामा दुवै पक्षले छाप समेत लगाएका छन् । पाण्डेले आफ्नो पासपोर्ट नम्बर पासपोर्ट जारी भएको मिति समेत उल्लेख गरेका छन् ।

शंकाष्पद धन ओसार पोसारमा मुछियो लक्ष्मी बैंक !

पाण्डे र मार्कबीचको सम्झौतामा रहस्यमयी हिसाबले बैंक प्रवेश गरेको छ । नेपाल राष्ट्र बैंकबाट क वर्गको मान्यता प्राप्त लक्ष्मी बैंक समेत समलग्न रहेको पाइएको छ । बैंकका कर्मचारीको समेत नाम प्रयोेग गरेर उक्त रकम लक्ष्मी बैंकमै भित्र्याउने र लक्ष्मी बैंककै स्विफ्ट कोड प्रयोग गरिएको छ । उक्त सम्झौतामा प्रयोग गरिएको स्विफ्ट कोड लक्ष्मी बैंककै रहेको सुचना अधिकारी पियुस अर्यालले बताए । उक्त लगानीको विषयमा उनलाई प्रश्न गर्दा उनी सम्पर्कमै आउन चाहेनन् ।

हात्तिसारस्थित लक्ष्मी बैंकको मुख्यालय

त्यति मात्रै होइन ‘एफडिआइकै विषयमा प्रश्न’ गरेपछि लक्ष्मी बैंकका सिइओ अजय विक्रम शाह समेत सम्पर्क विहिन भए । उनले आफूले प्रतिक्रिया दिन अस्विकार गर्दै सुचना अधिकारी पियुस अर्यालाई सम्पर्क गर्न लगाएका थिए । तर अर्याल पनि यो विषय सोध्ने वित्तिकै सम्पर्क विहिन भएका थिए । शाह र अर्याललाई लामो समयदेखि सम्पर्क गर्दा उनीहरु सम्पर्कबाट भागिरहे ।

दाउदका पैसा ल्याउने हल्ला भएको हो तर, त्यसको सम्झौता भएको थाहा छैन : सञ्चालक

यता सहकारीका शेयर सदस्य मध्य रहेका गणेश सिंखडाले पनि दाउदको पैसा ल्याउने हल्ला चलेको मात्रै बताए । ‘मनमोहन अस्पताल समस्यामा छ । ईन्भेष्टमेन्ट बैंकको ३ अर्ब हारहारीको ऋण छ,’ उनले भने,‘त्यो ऋण तिर्न नसक्दा लिलामी हुने अवस्था छ । यही लिलामीको हल्लालाई रोक्न पनि यो सम्झौता भएको हो की ?’
यस विषयमा नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाका कम्पनि सचिव तथा वागमती प्रदेश सभा सदस्य डा. रामकुमार अधिकारीलाई सम्पर्क गर्दा उनले पनि संस्था धराशयी बनेको स्विकार गरे । तर, यस विषयमा प्रश्न गर्दा आफूलाई केही जानकारी नभएको बताए ।

‘आतंकवादी वित्तपोषण’मा भएको थियो कारबाही !

पाण्डेले रकम ल्याउने सम्झौतामा हस्ताक्षर गरेको कागजातमा उल्लेखित दुबईस्थित मशरेक बैंकमाथि अमेरिकाको न्युओर्कस्थित स्टेट डिपार्टमेन्ट अफ फाइनान्सियल सर्विसेज (डिएफएस)ले कारबाही गरेको थियो । मशरेकले डिएफएसलाई ४० मिलियन अमेरिकी डलर जरिवाना बुझाएको थियो ।

दुबईस्थित मुख्यालय रहेको मशरेक बैंक

सन् २०१८ मा सार्वजनिक भएको विवरण अनुसार उक्त बैंकले अन्तर्राष्ट्रिय मनि लाउन्ड्रिङ र आतंकवादी वित्तपोषण तथा अन्य सम्बन्धित खतरा सम्बन्धी न्युओर्कको संघीय बैंकिङ कानुन पालनामा विफल भएको थियो ।

दुबईमा दर्ता रहेको मशरेक बैंकको कतार, बहराइन, कुवेत, बेलायत, न्युओर्क, हङकङ र मुम्बईमा शाखा कार्यालय रहेको छ । दबइृमा मात्रै यो बैंकको ४४ वटा भनदा बढी शाखा छ । एशियादेखि युरोपसमम फैलिएको यो बैंकमा अन्तर्राष्ट्रिय आतंकवादी समुहको लगानी रहेको विभिन्न समयमा खुलाशा हुने गरेको छ ।

सम्झौता पत्रमा उल्लेखित हस्ताक्षर पाण्डेकै हो ?

निकै ‘कन्फिडेन्सियल’ अर्थात गोप्य भनेको उक्त सम्झौत पत्रमा उल्लेखित हस्ताक्षर पाण्डेकै हो वा नक्कली हो भन्ने विषयमा दियोपोस्टले लामो अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा पाण्डेले यसअघि गरेका विभिन्न हस्ताक्षरहरुलाई मिहिन ढंगले केलाइएको थियो । उनी निकट विभिन्न स्रोतहरुलाई उक्त हस्ताक्षर देखाउँदा ‘हस्ताक्षर पाण्डेकै रहेको’ जानकारी समेत आएको थियो । निकटस्थहरुलाई पाण्डेले आफ्नै हस्ताक्षर रहेको र सम्झौता समेत भएको बताउने गरेका छन् ।

उनी निकट कतिपयले त ठमेलको होटल आर्टमा सन् २०२० सेप्टेम्बर १४ मा सम्झौता भएको दाबी गर्छन् । तर, पाण्डेलाई यस विषयमा प्रतिक्रिया लिन पटक पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड