एमालेले वैशाख ९ गते घोषणा पत्र सार्वजनिक गर्ने

काठमाडौँ, ६ बैशाख ।  स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले जारी गर्ने घोषणापत्रको मस्यौदा पारित भएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार साँझ बसेको सचिवालय बैठकले घोषणा पत्र पारित गरेको हो । उपमहासचिव पृथ्वीसुब्बा गुरुङका अनुसार स्थानीय तहको घोषणा पत्रको मस्यौदा पारित भएको छ । घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन भएको थियो ।

एमालेले वैशाख ९ गते घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । साथै पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी एमालेको छ । बैठकले पार्टीमा १२ विभाग थप गर्ने, सल्लाहकार परिषद्लाई विस्तार गर्ने र समवय कमिटीमा ५१ जना थप गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध

यसरी आश्रित परिवारको सहारा बनेको छ सामाजिक सुरक्षाकोष

बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

कुलमानको बदमासी छताछुल्ल हुनेगरी विद्युत प्राधिकरणले जारी गर्यो श्वेतपत्र (सूचीसहित)

  २१ वैशाख २०८२, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक