काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–३ मा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।
गए राति करिब सवा ९ बजे सुदूरपश्चिम प्रदेश ०२–००४ प १११ नम्बरको मोटरसाइकल र से४प ४७३० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका १११ नम्बरका मोटरसाइकल चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का ३० वर्षीय पुरनकुमार मडै र अर्का मोटरसाइकल चालक कञ्चनपुरकै कृष्णपुर नगरपालिका–५ का ३२ वर्षीय लोकेन्द्र पार्कीको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गए राति सवा १० बजे मृत्यु भएको जनाइएको छ ।
घाइते भएका दुवै मोटरसाइकलमा पछाडि सवार व्यक्तिहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते दुवैको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि