एमालेले छ्यास्स हावा खोलिदियो भने गठबन्धन ध्वस्त : ओली

काठमाडौँ, १८ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन आफूहरूले रहन दिँदासम्म मात्र कायम रहने बताएका छन् ।

आज अनेरास्ववियुको प्रथम विस्तारित बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसले सधै ‘बिग्रिएका तत्व’सँग घाँटी जोड्ने गरेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘नेपाली कांग्रेसले कस्तासँग घाँटी जोड्न भने बिग्रिएका, सडेका, लोकतन्त्र विरोधी, राष्ट्रियता विरोधी, विकाउ मालहरु, ‘जबसम्म भाँडो काम लाग्छ त्यसलाई भाँडो भनिन्छ । काम नलाग्ने भएर कुच्चिएर चुइने भएपछि पत्रु भनिन्छ । हो त्यस्तासँग नेपाली कांग्रेसले घाँटी जोड्छ । थोत्रा तत्वहरु र पत्रु तत्वहरु, प्रतिगामी तत्वहरु । यस्ताहरुसँग कांग्रेसले एकता गर्छ । उहिले होस् कि अहिले होस् कांग्रेसको जातै त्यस्तै हो ।’

उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गठबन्धन कायम राख्नका लागि बालुवाटार जाने गरेको बताउँदै आफूहरूले सहजै रूपमा गठबन्धन तोड्न सक्ने दाबी गरे ।

उनले भने, “गठबन्धन तबसम्म रहन्छ । जबसम्म हामी यसलाई रहन दिन्छौँ । हामीले धेरै केही गर्नुपर्दैन । यो गठबन्धन चल्न नदिन चारवटा चक्का फुकाल्नुपर्छ र ? इन्जिन बन्द गर्नुपर्छ र ? केही गर्नुपर्दैन ।  छ्यास्स हावा खोलिदिए पछि सिद्धियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट