ओलीको पार्टी धेरै बलियो छ, एक्लै जितिएला भन्ने नसोचे हुन्छ : सभापति देउवा

काठमाडौँ, १२ चैत । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले देशभर बलियो अवस्थामा रहेकाले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुको विकल्प नभएको स्वीकारोक्ती गर्नुभएको छ ।

आज बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४ औं वार्षिक साधारणसभामा देउवा र शेखर कोइराला एउटै मञ्चमा एउटै मञ्चबाट सवाल-जवाफ पनि चलेको छ । मन्तव्य राख्ने क्रममा प्रधानमन्त्री देउवाले गठबन्धन गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै कोइरालाले गठबन्धन गर्दागर्दै छिमेकी मुलुक भारतको कांग्रेस आईको अवस्था चारैतिर कमजोर भएको अवस्था सुनाउनुभयो । देउवाले एमाले र माओवादी फुटेकाले जितिहाल्छौं भनेर ढुक्क हुने अवस्था नरहेको बताउनुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘पार्टी कमजोर नहोस्, बलियो होस् । सहमति गरेर कहाँ-कहाँ सकिन्छ गठबन्धन गरौं, ओलीजीको पार्टी धेरै बलियो छ, एक्लै जितिएला भन्ने आशंका नगरे हुन्छ । फेरि प्रचण्ड पनि हार्नका लागि उठ्दैनन् । एमालेसँग मिलिदिन सक्छन् ।’

नेता कोइरालाले नेपाली कांग्रेसको आफ्नै विचार, सिद्धान्त रहेको भन्दै त्यही विचार र सिद्धान्तलाई अगाडि बढाई पार्टीभित्रको गुटउपगुटलाई मिलाए गठबन्धन बनाएर जानुपर्ने आवश्यकता नरहेको उल्लेख गर्नुभयो । कोइरालाले स्थानीय चुनावमा मात्रै नभएर प्रदेश र प्रतिनिधिसभा निर्वाचन जित्न जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गुटउपगुटलाई मिलाएर लैजाने प्रयास आदरणीय सभापतिले गरिरहनुभएको छ, गर्नुपर्छ, अझ जिम्मेवार ढंगले मिलाएर अगाडि लैजान आग्रह गर्छ । एकातिर गठबन्धन गरेर जाने, तर कांग्रेसका कार्यकर्ताबीच मेलमिलाप नहुने भयो भने जतिसुकै गठबन्धन गरे पनि औचित्य हुँदैन। गठबन्धन कसरी गर्ने के गर्ने भन्नेकुरा केन्द्रीय समितिमा छलफल हुँदैछ । त्यो छलफलले निचोड निकाल्छ । निर्वाचनमा एमाले र माओवादी उभिए एकठाउँमा मिल्ला भन्ने हाम्रो चिन्ता हो। गठबन्धन गर्दा कहीँ नेपाली कांग्रेसको विचार सिद्धान्त कमजोर हुन्छ कि भन्ने चिन्ता त्यतिकै छ । गठबन्धन गर्दा नेपाली कांग्रेस कता(कता मलाई आभाष हुन्छ, भारतको कांग्रेस आई सम्झन्छु । १० वर्षअघिको कांग्रेस आई आज चारैतिर कमजोर भएको अवस्था छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

झापा–५ केन्द्रित प्रतिबद्धतासहित बालेन शाहको घोषणापत्र सार्वजनिक

काठमाडौं, ११ फागुन। झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले