८ चैत, काठमाडौं । चीनको दक्षिण प्रान्तमा विमान दुर्घटना भएको २० घण्टासम्म पनि कसैलाई जीवित फेला पार्न नसकेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

१२३ यात्रु र चालक दलका ९ सदस्य सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ-७३७ विमान कुन्मिङबाट गुआनझाओ जाने क्रममा दक्षिणी प्रान्तको पहाडी क्षेत्रमा सोमबार दुर्घटना भएको थियो ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार पहाडी क्षेत्रमा बिजुलीको प्रवन्ध नहुँदा उद्धार कार्य प्रभावित भएको थियो । सञ्चार प्रवन्धका लागि एक ड्रोन बेससमेत स्टेशन स्थापना गरिएको थियो ।
विमान दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा विमानको ब्ल्याक बक्स फेला परेको र अनुसन्धान जारी रहेको चिनियाँ समाचार एजेन्सीहरुले जनाएका छन् ।
यो घटनालाई चीनमा करिब एक दशकयताकै सबैभन्दा ठूलो विपदको रुपमा लिइएको छ । चिनियाँ राष्ट्रपति सी जिनफिङले यो घटनाबाट आफू विक्षिप्त भएको भन्दै खोजी र बचाउ अभियानलाई तीव्रता दिन निर्देशन दिएका छन् । उनले घटनाको अनुसन्धान गर्न पनि भनेका छन् ।
यो दुर्घटनापछि चाइना इस्टर्न एयरलाइन्सले सबै बोइङ ७३७–८०० विमानको उडान रद्द गरेको छ । सो एयरलाइन्सले आफ्नो वेबसाइटको रंग पनि परिवर्तन गरेर ब्ल्याक एण्ड ह्वाइट बनाएको छ ।
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा
२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि