यो लडाइँ जनादेश र परमादेश्बीच्को हो: पुर्ब मन्त्री पद्मा अर्याल

पोखरा, ७ चैत । नेकपा (एमाले) केन्द्रीय सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले अहिले देशभर जनादेश र परमादेशको बीचमा लडाईं भइरहेको बताउनुभएको छ । ओली सरकारको कामको मूल्यांकन जनताले गरेको उल्लेख गर्दै अर्यालले अगाडि भन्नुभयो, “अहिलेको सरकारको कामले गर्दा जनताले एमालेको सरकारको आवश्यकता झनै प्रष्ट रुपमा बुझ्ने मौका पाएका छन् ।”

राष्ट्रिय जनसाँस्कृतिक महासंघ, गण्डकी प्रदेशको प्रथम अधिवेशनलाई पोखरामा सम्बोधन गर्दै नेता अर्यालले परमादेशी गठबन्धन कलाकारहरुको सृजनाबाट तर्सिएको प्रमाण प्रकाश सपुतको गीतप्रतिको प्रहार भएको समेत उल्लेख गर्नुभयो । अधिवेशनबाट सुवास मल्लको अध्यक्षतामा ३७ सदस्यीय प्रदेश समिति सर्वसम्मत निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा प्रेमराज अधिकारी र लक्ष्मी थापा, सचिवमा छविलाल सुवेदी, सहसचिवमा लक्ष्मी नेपाली, कोषाध्यक्षमा दीपक पौडेल र सह कोषाध्यक्षमा सीता परियार निर्वाचित हुनुभएको छ । समितिको सल्लाहकारहरुमा प्रजापति पराजुली, रमेश श्रेष्ठ र पार्वती जिसी निर्वाचित हुनुभएको छ ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष खगेन्द्र राईले जनकलाकारहरुले जनतालाई सचेत बनाउँदै समाज परिवर्तन तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । त्यसै गरी नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले कलाकारहरुसँग राजनैतिक नेतृत्वलाई सही बाटो देखाउन सक्ने खुबी रहेको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, वरिष्ठ कलाकार प्रजापति पराजुली, प्राज्ञ रमेश श्रेष्ठ, वरिष्ठ गायिका पार्वती जिसी र पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले समेत सम्बोधन गर्नुभएको थियो ।

अधिवेशनले महासंघका सातवटा घटकहरु प्रदेश समिति समेत सर्वसम्मत रुपमा निर्वाचन गरेको छ । घटकहरु मध्ये जनसाहित्यिक मञ्चमा छन्दमणी अध्यक्ष, सरला लामिछाने ‘सरु’ उपाध्यक्ष, के. आर. ढकाल सचिव र नेपाल प्रकाश अधिकारी कोषध्यक्ष रहेको १५ सदस्यीय कमिटी निर्वाचित भएको छ । जनसंगित मञ्चमा दीलिप गायक अध्यक्ष, परशुराम अधिकारी उपाध्यक्ष र डार्विन गुरुङ्ग सचिव रहेको ११ सदस्यीय कमिटी निर्वाचित भएको छ । ललितकला मञ्चले शान्त कुमार श्रेष्ठ अध्यक्ष, थमनसिंह सुनार उपाध्यक्ष, ज्योति गुरुङ्ग सचिव, युवराज लामिछाने सह सचिव र हेमकान्ती गुरुङ्ग कोषाध्यक्ष रहेको ११ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।

त्यसै गरी जनपक्षिय चलचित्रकर्मी संघले भूपेन बाँनिया अध्यक्ष, कोविशरण उपाध्याय उपाध्यक्ष, भोजबहादुर गुरुङ्ग सचिव, किरण रेग्मी सह सचिव र विष्णु बाँस्तोला कोषध्यक्ष रहेको ११ सदस्यीय कमिटी निर्वाचित गरेको छ । त्यस्तै अधिवेशनले भाषा तथा लोक साहित्य मञ्चको अध्यक्षमा निर्मल सापकोटा र उपाध्यक्षमा धिरज भण्डारी तथा सामाजिक साँस्कृतिक अध्ययन मञ्चको अध्यक्षमा खेमराज गुरुङ्ग र उपाध्यक्षमा राम प्रसाद शर्मालाई सर्वसम्मत निर्वाचित गरेको छ ।

कार्यक्रममा विभिन्न दलसम्बद्ध साँस्कृतिक संगठन त्यागेर आएका सात जना कलाकारहरुलाई प्रमुख अतिथिले टिका लगाएर महासंघमा स्वागत गर्नु भएको थियो । अधिवेशनमा गण्डकी प्रदेशका ९ जिल्लामा १२० जना प्रतिनिधिहरु सहभागी भएका थिए । महासंघको केन्द्रीय महाधिवेशन यही चैत्र १८, १९ र २० गते काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद