एमाले जनताको बलमा अघि बढ्छ : अध्यक्ष ओली

२०७८ फाल्गुन २५ बुधवार । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बलमा एमाले अघि बढ्ने बताउनुभएको छ । एमाले गण्डकी प्रदेश कमिटिद्वारा पोखरामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभयो ।

एमाले जनताबाट निर्वाचित भएर आउने शक्ति भएकाले कसैको डर नभएको उहाँले बताउनुभयो । पुर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले मुलुक अहिले सत्य र असत्यबीचको संघर्षमा रहेको उहाँले चर्चा गर्नुभयो । मुलुक स्थानीय तहको निर्वाचनमय भइसकेकाले इमान्दार भएर काम गर्न पार्टी पङ्तिलाई निर्देश गर्नुभयो ।

सामाजिक न्याय र समानताका क्षेत्रमा पार्टी निरन्तर लागिरहेको बताउनुहुँदै अध्यक्ष ओलीले विभिन्न दलबाट एमाले प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै उहाँले पार्टीको सिद्धान्त बमोजिम देश र जनताका पक्षमा क्रियाशील हुन आग्रह गर्नुभयो ।

एमालेमा लागेर पद र अवसर पाइनँ भन्ने अवस्था नआउने भन्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “ढिलो चाँडो सबैले अवसर पाउने दिन आउँछ ।” अन्तर्राष्ट्रिय नारी दिवसको विषयमा चर्चा गर्नुहुँदै नेपालमा महिला सशक्तिकरण बढेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

गण्डकी प्रदेश सडक ऐन संशोधन विधेयक सर्वसम्मत पारित

पोखरा, १६ चैत २०८२ ।  गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त