शिवरात्रिमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाइने

 काठमाडौँ, १० फागुन । यसपालिको शिवरात्रिमा पशुपति मन्दिरमा बिजुली बत्ती र फूलले विशेषरूपमा सजाइने भएको छ । पशुपति क्षेत्रका मुख्य चार प्रवेशद्वारमा बिजुलीका ढोका बनाइ त्यसभित्र बत्तीको सजावट गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डाक्टर मिलनकुमार थापाले जानकारी दिनुभयो ।

उमाकुण्ड, भुवनेश्वरी, गौशाला र तिलगङ्गामा बिजुली बत्तीको ढोकासहित त्यसभित्र झिलीमिली बनाइने उहाँले बताउनुभयो । पशुपतिको मुख्य क्षेत्रमा भने बिजुली बत्तीसँगै फूलको समेत सजावट गरिने भएको छ । शिवरात्रि आउँदो १७  गते  परेको छ । शिवरात्रिमा पशुपति मन्दिरमा देशविदेशबाट लाखौँ भक्तजन आउने गर्छन् ।

हजारौँको सङ्ख्यामा साधुसन्तको आगमन पनि यस अवसरमा हुनेगर्छ । पशुपति क्षेत्रमा फागुन लागेदेखि नै साधुसन्तको चहलपहल बढ्न थालेको छ । कोषले पशुपति मन्दिरमा शिवरात्रिको तयारी सुरु गरेसँगै विशेष पूजा गर्नेको पनि भीड बढ्न थालेको जनाएको छ ।

कोरोनाको तेस्रो लहर बढ्दै गएपछि माघ ५ गतेदेखि बन्द गरिएको पशुपति मन्दिर माघ २८ गते शुक्रवारदेखि भक्तजनका लागि खुला गरिएको थियो । विशेष पूजा भने माघ २९ गते शनिवारदेखि सुरु भएको हो । माघ २९ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजा सुरु भएपछि झण्डै एक हजारभन्दा बढी विशेष पूजा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

सफल जीवन बीमा अभिकर्ता बन्ने कला

  अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई

काठमाडौँ महानगरपालिकाबाट कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदमा सहयोग

काठमाडौँ, माघ २७ गते । काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि सहयोग गर्ने

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

नयाँ वर्षको सुरुआतसँगै एआईको प्रभाव, सेयर बजार सुदृढ

१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्