निर्माणाधीन काठमाडौँ–तराईरमधेस द्रुत मार्गको सुरुङ मार्ग र मोटर गुड्ने आकाशे पुल ९हाई ब्रिज०को डिजाइन स्वीकृत भएको छ । द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्ग तथा पुलको डिजाइन कार्य सम्पन्न भई स्वीकृत भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको छ ।

सेनाका सहायक रथी तथा प्रवक्ता नारायण सिलवालका अनुसार सुरुङ मार्ग तथा हाई ब्रिजको डिजाइन स्वीकृत भएसँगै निर्माण कम्पनीहरूले सर्भेको कामसमेत सुरु गरिसकेका छन् । दुई महिनाभित्र सर्भे सकेर निर्माण थालिनेछ । द्रुत मार्गमा पर्ने कुल ६।०७ किलोमिटरको तीन खण्डका सुरुङ मार्ग तथा हाई ब्रिज दुई प्याकेजमा निर्माण गरिँदै छ । पहिलो प्याकेजअन्तर्गत यस आयोजनाको सबभन्दा लामो सुरुङ मार्ग निर्माण गरिने महादेव डाँडा खण्डमा निर्माण गरिँदै छ । यस खण्डमा निर्माण गरिने सुरुङमार्ग र हाई ब्रिजको कुल लम्बाइ ३।३०० किलोमिटर छ ।
त्यसैगरी दोस्रो प्याकेजअन्तर्गत धेद्रेको सिम्पानीदेखि चालिसे खोल्सीसम्म १।३७० किलोमिटर र लेनडाँडाको घट्टेपाखादेखि बाँदरेखोल्सीसम्मको सुरुङ मार्ग र हाई ब्रिज निर्माण गरिँदै छ । यस प्याकेजअन्तर्गत कुल १।४०० किलोमिटर सुरुङ मार्ग र हाई ब्रिज निर्माण गरिनेछ ।
पहिलो र दोस्रो प्याकेजको निर्माण लागत क्रमशः करिब २१ अर्ब ६१ करोड र २८ अर्ब ५३ करोड रुपियाँ रहेको छ । द्रुत मार्ग निर्माणको कुल लागत एक खर्ब ५५ अर्ब तीन करोड ८५ लाख ६५ हजार रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । दुई चरणमा निर्माण गरिने सुरुङ तथा मोटरेबल पुल निर्माणका लागि गत वैशाख ३१ गते नेपाली सेनाले दुईवटा चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । ती कम्पनीले असारदेखि डिजाइनको काम सुरु गरेको थियो । सुरुङको प्याकेज–१ का लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र प्याकेज–२ का लागि पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता भएको थियो ।
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०